Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कहिलेसम्म हेपिएर बस्ने ? - Himalkhabar.com

टिप्पणीबिहीबार, भाद्र २७, २०७०

कहिलेसम्म हेपिएर बस्ने ?

सञ्जीव शर्मा

२७ भदौमा नेकप-माओवादीलगायतका दलहरुले गरेको बन्दको विरोध गर्दै सुन्धारामा युवाहरु ।

२६ भदौमा नेकपा–माओवादी नेतृत्वको मोर्चाले राजधानी लगायत पूर्वका केही जिल्लाहरु बन्द गरायो । माओवादी प्रवक्ता पम्फा भूषालले बन्द अपरान्ह पाँच बजेदेखि खुल्ला भएको जानकारी दिंदै बन्द शान्तिपूर्ण रुपमा सफल भएको र जनताले साथ दिएको दाबी गरिन् ।

प्रत्येक बन्दहरुपछि यस्तै शान्तिपूर्ण र सफल भएका प्रतिक्रिया दिन्छन्, आयोजकहरु । बन्दमा हिंसा भयो भने पनि त्यो विरोधी वा सरकार पक्षबाट भएको र बाध्यतावस प्रतिकार गर्नु परेको जस्ता जवाफ आउँछन् । उसो त बन्द आफैंमा शान्तिपूर्ण हुँदैन । शान्तिपूर्ण र अहिंसात्मक हुने भए टाउकोमा रुमाल बाँधेका आयोजकका कार्यकर्ताहरुले हातमा लाठो लिएर चोक चोकमा त्रास देखाउनै पर्दैनथ्यो । बन्दको आह्वान गरेर घरमै बसे पनि सफल हुन्थ्यो होला तर, त्यसो कहिल्यै हुँदैन ।

बन्दको विरोध गर्दै राजधानीमा युवा

बन्द भनेको लामो समयदेखि राजनीतिक–सामाजिक–आर्थिक दुरावस्थाले पिरोलिएका जनताका घाउमा नुनचुक दल्नु हो । जबर्जस्त डरत्रासको वातावरण सिर्जना गरेर जनतालाई आतंकित पार्नु हो, जनतालाई हेपेको हो ।

तीजको दर खाने दिन एमाओवादीले गरेको बन्द व्यापक आलोचना र नागरिक प्रतिवादपछि फिर्ता भएको थियो । काठमाडौंको कलंकीमा महिलाहरुले बन्दको विरोधमा एमाओवादी लौरोधारी कार्यकर्ता समूहको प्रतिकार गरेका थिए । नेकपा–माओवादी लगायतका दलहरुले गरेको बन्दमा पनि प्रतिवाद भएको छ । काठमाडौंको थापाथलीदेखि सुन्धारासम्म युवाहरुले ‘नेपाल सधैं खुला राख्नुपर्छ’ को नारा लगाउँदै जुलुश प्रदर्शन गरे । सुन्धारा पुग्दा बन्द आयोजकका कार्यकर्ताहरु र बन्द विरोधीहरुको जम्काभेट हुँदा उत्पन्न भएको तनावपूर्ण स्थितिलाई प्रहरीले साम्य पारेको थियो ।

त्यस्तै, उदयपुरको बेल्टारवासीले बिहीबारको साप्ताहिक हाटको दिन बन्द गरेको भन्दै बन्दको अवज्ञा गरेर दिनभर बजार खुलै राखेर हजारौंलाई किनमेल र बिक्रीको चाँजो मिलाए ।

बन्द गराउँदै हि‌डेका माओवादी कार्यकर्ताहरु ।

बन्दले सम्पूर्ण मुलुकलाई पुग्ने आर्थिक क्षति र जनतालाई दिने पीडा बाहेक जोरजबरजस्ती र हिंसात्मक संस्कृतिको पनि विकास गरेको छ । कुनै दल वा समूहका जायज–नाजायज माग पूरा गर्न त्यससँग सरोकार नै नभएका जनताले किन दुःख पाउने ? सुत्केरी र अरु बिरामीहरुले किन घरमै मर्नु पर्ने ? उनीहरुका माग पूरा गराउन उद्योगीले उद्योग किन बन्द गर्ने ? विद्यार्थीले किन पढाइ छोड्ने ? मजदुरले किन काम गर्न नपाउने ? पर्यटक किन निराश हुनु पर्ने ?

बन्दको जबरजस्तीले अति गर्न थालेपछि बिस्तारै जनस्तरबाट प्रतिवाद हुन थालेका छन् । अब जनताका नाममा जनतालाई सास्ती दिनेविरुद्ध जनता आफैं उत्रिन लागेको देखिन्छ । आगामी दिनहरुमा कुनै पनि राजनीतिक दल वा समूहले गर्ने बन्दहरुमा यस्तो प्रतिवाद बढ्दै जानेछ । अब बन्द बहिस्कार गर्ने परम्पराको थालनी हुनैपर्छ । कहिलेसम्म हेपिएर बस्ने ?

बन्दले गर्दा विमानस्थलबाट सामान बोकेर पैदल गन्तव्यतर्फ लाग्दै यात्रु ।

तस्वीरहरु: देवकी बिष्ट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>