रमझमशुक्रबार, भाद्र २८, २०७०

मृत्युमाथि विजय प्राप्त गरें: मनिषा कोइराला

हिमालखबर

तस्वीर: ऋषिराम कट्टेल

काठमाडौंमा २८ भदौमा आयोजित क्यान्सर रोगसम्बन्धी कार्यक्र्ममा प्रमुख अतिथि भएकी नायिका मनिषा कोइरालाले अब ६/७ महिना आराम गरेपछि अभिनयमा फर्कने बताएकी छन् । उनले भनिन्, “चलचित्र अभिनय नै आफ्नो कर्मथलो भएकाले त्यतातिर फर्किन्छु ।”

नेपाल क्यान्सर सोसाइटी, अमेरिकन क्यान्सर सोसाइटी र विनयतारा फाउन्डेसनद्वारा क्यान्सर रोकथामसम्बन्धी नेपालमा पहिलोपटक आयोजित कार्यक्रममा मनिषाले भनिन्, “मैले यो विजय मृत्युमाथि नै प्राप्ति गरेँ । मलाई लाग्छ, क्यान्सर मृत्युको पर्यायवाची होइन क्यान्सरविरुद्धको लडाइँ जित्न सकिँदो रहेछ ।”

दुई वर्षअघि काठमाडौंमा रहेकी नायिका कोइरालाले आफूलाई असजिलो भएपछि उपचारका लागि भारत हुँदै अमेरिका पुगेकी थिइन् । अमेरिकामा उनलाई क्यान्सर भएको पत्ता लाग्यो । कोइरालाले अनुभव सुनाइन्, “मैले मन दरो बनाएँ, हिम्मत कसेँ । चिकित्सकले पनि चिन्ता नगर्नु भने ।”

नायिका कोइरालालाई गर्भाशयको क्यान्सर भएपछि अमेरिकामा शल्यक्रिया गराएकी हुन् । आफ्नो सकारात्मक सोच र इच्छा शक्तिले क्यान्सरबाट बचाएको कोइरालाको दाबी छ ।

“बिहान ४ बजे उठ्छु, योगा गर्छु । बिहान अर्गानिक ब्रेकफास्ट खान्छु,” कोइराला भन्छिन, “अहिले ठीक समयमा उठ्नु ठीक समयमा सुत्नु मेरो दैनिकी हो ।” उनले उपचारका बेलाका आफ्ना तस्वीर समेत देखाइन् ।

कार्यक्रममा भारतीय चिकित्सक प्रा डा दिनेश पन्दुकरले रोगका विरुद्धमा लड्न सक्ने क्षमताले आधा रोग निको हुने र त्यो क्षमता नायिका मनिषामा भएको बताएका थिए ।

ऋषिराम कट्टेल, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>