रमझमआइतबार, भाद्र ३०, २०७०

‘नोभेम्बर रेन,’ धरानबाट शुरु

हिमालखबर

नायिका नम्रता श्रेष्ठ र नायक आर्यन सिग्देल फिल्म 'नोभेम्बर रेन' को सेटमा कुरा गर्दै ।

नायक आर्यन सिग्देलले निर्माण थालेको ‘नोभेम्बर रेन’ मा नम्रता श्रेष्ठ, छुल्ठिमा गुरुङ, केशव भट्टराई, अल्पना कर्माचार्य लगायतको अभिनय रहने छ । छुल्ठिमाले यहि फिल्मबाट डेब्यु गर्न लागेकी हुन् ।

चलचित्रको ‘शुभ मुहर्त’ कार्यक्रममा नायक–निर्माता आर्यन, निर्देशक दिनेश राउत, नायिका नम्रता श्रेष्ठलगायत अन्य कलाकारहरुको उपस्थिति थियो ।

यसअघि ‘आईएम सरी’ निर्देशन गरिसकेका दिनेशले ‘नोभेम्बर रेन’ को ६० प्रतिशत छायाङ्कन धरानमै हुने जानकारी दिए ।

२९ भदौदेखि नै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छायाँकन शुरु भएको फिल्म प्रेमकथामा आधारित रहेको राउतले बताएका छन् ।

सोहन श्रेष्ठ, धरान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>