समाचारमंगलबार, आषाढ १२, २०६९

पेट्रोलियम पदार्थ मूल्यवृद्धि विरुद्ध चक्काजाम

रासस

किसानले सहज रुपमा मल पाउनुपर्ने र ११ असारमा विमानस्थलमा नेविसङ्घका आफ्ना विद्यार्थी नेतामाथि प्रहरी दमन भएको विरुद्धमा काठमाडौँ उपत्यकाका रत्नराज्यलक्ष्मी क्याम्पस, शङ्करदेव क्याम्पस, वाल्मीकि क्याम्पसलगायत देशैभरिका सबै क्याम्पसका ढोकाअगाडि बिहान ९ देखि १० बजेसम्म चक्काजाम गरेको हो । नेविसङ्घका अध्यक्ष रञ्जित कर्णले गलत कामको विरोध गर्न पाउने जनताको अधिकारलाई सरकारले प्रहरी लगाएर दमन गर्न खोजेकामा आपत्ति जनाए ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थअन्तर्गत डिजेल र मट्टीतेलमा प्रतिलिटर रु चार÷चारका दरले यही ५ असारदेखि लागु हुने गरी मूल्यवृद्धि गरेको थियो । डिजेल र मट्टीतेल दुवैको मूल्य प्रतिलिटर रु ९३ पुगेको छ ।

त्यसैगरी सहज रुपमा मल पाउनुपर्छ भन्दै किसानले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । ब्राजिलको रियो दि जेनेरियोेमा भएको अन्तर्राष्ट्रिय वातावरण तथा दिगो विकाससम्बन्धी सम्मेलनमा भाग लिएर स्वदेश पर्कने क्रममा विभिन्न राजनीतिक दलका भ्रातृ सङ्गठनले प्रधानमन्त्रीलाई ११ असारमा विमानस्थलमा विरोध गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>