Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
निर्वाचन पक्षधरले यात्रुबाहक बस जलाउँछ ?: रिजाल - Himalkhabar.com

अन्तर्वार्ता/विचारमंगलबार, आश्विन १, २०७०

निर्वाचन पक्षधरले यात्रुबाहक बस जलाउँछ ?: रिजाल

हिमालखबर

कांग्रेस नेता, मिनेन्द्र रिजाल

वार्ता किन सफल हुन सकेन ?
नेकपा–माओवादीको अडानले गर्दा वार्ता सफल नभएको हो । उहाँहरूले वार्ता पिच्छे कुरा फेर्नु वार्ता सफल नहुनुको मुख्य कारण हो ।

अडान त उच्चस्तरीय राजनीतिक समितिले पनि त राखेको छ नि, हैन ?
हामी एकदमै लचकताका साथ प्रस्तुत भएका छौं । उहाँहरूले निर्वाचन भएर पनि संविधान बन्ने ग्यारेन्टी के छ भन्नुभयो । हामी मूलभूत विषयमा अहिल्यै छलफल गर्न तयार छौं भन्यौं । सरकार परिवर्तन गरौं भन्नुभयो । तपाईंहरूले सिफारिश गरेको व्यक्ति रहने गरी सरकार विस्तार गर्न तयार छौं भन्यो । ४ मंसीरमा निर्वाचन गर्न प्राविधिक रूपले गाह्रो हुन्छ भने केही दिन सारौं भन्यौं । हामीले ४ मंसीरलाई प्रतिष्ठाको विषय पनि बनाएनौं ।

वैद्य माओवादीले भने जस्तै चैतमा निर्वाचन गर्दा के फरक पर्छ ?

मंसीरमा नगरौं भन्नु कहिल्यै नगर्ने कुरा हो । चैतमा सारौं भनेर अलमलाउन मात्रै खोजिएको हो । अहिल्यैसम्मको स्थिति हेर्दा उहाँहरू निर्वाचनमै आउन चाहनु हुन्न भन्ने देखिन्छ ।

हामी निर्वाचन विरोधी हैनौं । प्रक्रियामा मात्रै असहमति हो भनिरहेको अवस्थामा माओवादीलाई निर्वाचन विरोधी भनेर कसरी भन्न सक्नुहुन्छ ?
हिजो (३१ भदौ) को वार्तामा तपाईंहरू मंसीरको निर्वाचनका लागि तयार हुनुहुन्छ भन्दा उहाँहरूले हामी तयार छैनौं भन्नुभयो । अर्को कुरा निर्वाचनको पक्षमा भएको पार्टीले यात्रुबाहक बसमा आगजनी गर्छ ? जनतालाई आतंकित पारेर के गर्न खोजेको हो ?

३३ दलीय मोर्चा सहमतिमा आएन भने निर्वाचन हुन सक्ला र ?

अवश्य हुन्छ । निर्वाचन मुलुकको आवश्यकता हो । एउटा पार्टीको अडानका लागि सिंगो मुलुकलाई बन्धक बनाउन पाइँदैन ।

माओवादीसँग सहमति नै नगरी निर्वाचन गर्दा अप्ठ्यारो पर्दैन ?

सबैलाई मिलाउँ भनेरै अहिल्यैसम्म वार्तामा बसेका हौं । एउटा पार्टी बाहिर बस्यो भन्ने म्यासेज जान सक्दछ । तर यसो भन्दैमा मुलुक सधैं संसद्विहीन र संक्रमणको अवस्थामा रहन सक्दैन । निर्वाचन गर्नुको विकल्प छैन ।
अर्को कुरा निदाएकोलाई पो उठाउन सकिन्छ वैद्यजीहरूले निदाएको अभिनय मात्रै गरिरहनुभएको छ । समस्याको चुरो यहींनेर देख्छु म ।

समाधानको उपाय के हुन सक्ला ?

वैद्यजीहरूले मंसीरको निर्वाचन मान्नुभयो भने वार्तामा बस्न सकिन्छ । बाँकी कुरा वार्ताबाट हल गर्न सकिन्छ ।

मंसीरमा निर्वाचनमा नआउने भए वार्ता नै हुँदैन भन्न खोज्नुभएको हो ?

यो सबैले बुझ्नुपर्ने कुरा हो । निर्वाचन आउन दुई महीना मात्र बाँकी छ । हामीले पार्टी भित्र पनि तयारी गर्नुपर्छ । जनतामा गएर आफ्नो एजेण्डा राख्नुपर्छ । शुरूमा वार्तामा बस्दैनौं भनेर ढिलो गर्ने पनि उहाँहरू नै हो । मंसीरमा निर्वाचन नगर्ने गरी वार्ता गर्नुको अर्थ छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>