समाचारमंगलबार, आश्विन १, २०७०

गणतन्त्र र नयाँ नेपालविरोधीले रिट हालेः दाहाल

सञ्जीव शर्मा

अदालतको मानहानी सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले जवाफ दिन आदेश दिएपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्चलाई दिएको लिखित जवाफमा मानहानी गर्ने आफ्नो मनसाय नभएको र राजनीतिक कुरालाई कानुनी रुप दिन बदनियतपूर्ण तवरले रिट निवेदन दायर गरिएको आरोप लगाएका छन् ।

दाहालले सार्वजनिक कार्यक्रममा ‘अदालतको जात के हो ?’ भनेको र द्वन्द्वकालिन मुद्दालाई ब्युँत्याए विद्रोह गर्ने चेतावनी दिई अदालतको मानहानी गरेको भन्दै अध्यक्ष दाहालविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन दर्ता गरेका थिए । अध्यक्ष दाहालले रिटमा अदालतको नाममा आफ्नो स्वार्थ पूरा गर्न र मनोवैज्ञानिक दवाव दिन काल्पनिक कुरा उठाएको उल्लेख गरेका छन् ।

अदालतको कुनै जात, धर्म तथा लिङ्ग हुँदैन र अदालत सबैको हो भन्ने अभिव्यक्तिलाई तोडमोड गर्ने गराउने तथा सङ्घीय गणतन्त्र, धर्म निरपेक्ष, समावेसी, समानुपातिक राज्य व्यवस्थासहितको नयाँ नेपालका विरोधीहरूको सञ्जालबाट न्यायपालिकालाई विवादग्रस्त बनाउने योजनाबमोजिम सो रिट आएको दाहालको जवाफमा दाबी गरिएको छ ।

अध्यक्ष दाहालले जवाफमा अनुसन्धानका नाममा अर्को संविधानसभाको निर्वाचन बिथोल्ने उद्देश्य रिटमा रहेको दाबी गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>