रमझमबिहीबार, आश्विन ३, २०७०

थोरैबाट धेरै अनुभव

हिमालखबर

आअल्बमका गीतहरूमध्ये खै त मलाई झुम्के बुलाकी रेडियो–टीभीका काउनडाउनमा अग्रपंक्तिमा छ । आइटम फिल्मी गीतका लागि बढी उपयुक्त गलाका कारण उनलाई यो क्षेत्रमा जम्न धेरै समय नलागेको हो । स्टेज ‘पर्फमेन्स्’ मा पनि उनलाई ‘तगडा’ मानिन्छ ।

तर, धेरै अश्लील, कामुक र द्विअर्थी खालका फिल्मी गीत गाउने अफर आउन थालेपछि बुबाआमालाई देखाएर उहाँहरूले ठीक छ भनेको गीत मात्र गाउन थालेको उनले बताइन् । उनी पुराना लोकगायक हरिबहादुर र गीतकार सावित्री राउतकी छोरी हुन् ।

रेडियो नेपालको देशव्यापी गायन प्रतियोगितामा दोस्रो बनेकी आस्था प्लस टु सकेपछि उमा गुरुङको लोकप्रिय लोकगीत सालको पात टपरी गाँसेर को रिमिक्स मार्फत व्यावसायिक गायनमा आएकी हुन् ।

अहिलेसम्म दुई दर्जन गीत गाएकी उनी छानेर राम्रा गीत मात्र गाउन थालेको बताउँछिन् । आस्था भन्छिन्, “धेरै उत्ताउला गीत गाउँदिनँ, गाएका जति उत्कृष्ट हुन् भन्ने ध्येय राख्छु ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>