अर्थ/बजारमंगलबार, आश्विन १, २०७०
महङ्गीदर कम भएको राष्ट्र ब्याङ्कको दाबी
१ असोजमा साउनको समग्र आर्थिक स्थिती सार्वजनिक गर्दै केन्द्रिय ब्याङ्कले गत आवको पहिलो महिना ११.९ प्रतिशतले उपभोक्ता मुल्य बढेकोमा यसपाली त्यस्तो बृद्धिदर ७.९ प्रतिशत मात्र रहेको जनाएको हो ।
खाद्य तथा गैर खाद्य दुबै समूहको मुल्यबृद्धि यो बर्ष घटेको राष्ट्र ब्याङ्कले जनाएको छ । राष्ट्र ब्याङ्कले मुल्य स्थितीबारे तथ्याङ्क संकलन गर्दा बिभिन्न शहरका निश्चित स्थानबाट नमूना लिने गरेको छ । तर, त्यसरी लिएको नमूना भन्दा समग्र बजारको महङ्गी धेरै भएकाले केन्द्रीय ब्याङ्कको तथ्याङ्क भरपर्दो नभएको सर्वसाधारणले गुनासो गर्दै आएका छन् ।
गएको साउनमा थोक मुद्रास्फिती गत आवको तुलनामा आधाले घटेको राष्ट्र ब्याङ्कले जनाएको छ । गत आवमा ११.९ प्रतिशत रहेको थोक मुद्रास्फितीको बृद्धिदर यो बर्ष ५.९ प्रतिशत मात्र रहेको जनाइएको हो ।
निर्यात झन् घट्यो
चालु आव लागेसँगै बस्तु निर्यात झनै ओरालो लागेको केन्द्रिय ब्याङ्कले जनाएको छ । गत आवको साउनमा १५.१ प्रतिशतले बृद्धि भएकोमा यो बर्ष ५.७ प्रतिशतले मात्र बढेको जनाइएको छ । आयात ४.६ प्रतिशतले बढेको छ ।
यस्तै शोधनान्तर स्थिती (स्वदेश भित्रिने र बाहिरिने विदेशी मुद्राको अन्तर) रु. १६ अर्ब ९ करोडले बचतमा रहेको छ । जुन अघिल्लो बर्ष रु. ५ अर्ब ५६ करोड मात्र थियो ।
विदेशमा काम गर्ने नेपालीहरुले डलरको मुल्य बृद्धिसँगै रेमिट्यान्स पठाउने क्रम बढे पछि शोधनान्तर बचत पनि बढेको हो । रेमिट्यान्स २३.८ प्रतिशतले बढेर रु. ४१ अर्ब ८७ करोड पुगेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
