समाचारमंगलबार, आषाढ १२, २०६९

प्रधानमन्त्रीमा ‘जङ्गबहादुरको प्रेत’ सवार:ओली

रासस

अजरबैजानमा सम्पन्न एसियाली राजनीतिक पार्टीहरूको सङ्गठन (आइक्याप) को स्थायी समितिको १७औैँ बैठकमा भाग लिएर १२ असारमा स्वदेश फर्र्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेता ओलीले अहिले कुनै जङ्गबहादुर या तानाशाहको युग नभएको बताए ।

नेता ओलीले संविधान जारी हुन नसकी संविधानसभा विघटन भई राष्ट्रपतिले प्रधानमन्त्रीलाई अर्काे व्यवस्था नभएसम्म कामचलाउ पत्र दिइसकेको अवस्थामा अब उनको राजीनामा माग्नु वा उनले दिन्न भन्दा त्यसैको पछि दगुर्नु आवश्यक नभएको बताए ।

‘अब प्रधानमन्त्रीले कहाँ राजीनामा दिने ? कहाँ गएर स्वीकृत गर्ने ?’ ओलीले व्यङ्यपूर्ण शैलीमा प्रश्न गरे, ‘कामचलाउ प्रधानमन्त्रीले राजीनामा दिएको संसारमा कहिँ देख्नुभएको छ ?’

राष्ट्रपति डा रामवरण यादवले स्वतः पदमुक्त भएको भन्ने पत्र गत जेठ १६ गते दिइसकेको सन्दर्भमा त्यसलाई कुरा नबुझेर प्रधानमन्त्री पदमा बसेको हुनसक्ने ओलीको टिप्पणी थियो ।

प्रधानमन्त्री भट्टराईले ११ असारमा ब्राजिलबाट फर्कने क्रममा आफ्नो राजीनामा माग्नु दलहरूको ‘बालहठ’ भएको बताएका थिए ।

यो सरकारले तोकेको संविधानसभाको निर्वाचन हुन नसक्ने ठोकुवा गर्दै अबको निकासका लागि संविधानको धारा ४३ अनुसार दलहरूको सहमतिको नयाँ सरकार गठन हुनुपर्ने, त्यसका लागि दलहरूले नयाँ प्रधानमन्त्रीको नाम तय गर्नुपर्ने वा राष्ट्रपतिले दलहरूलाई सहमतिको सरकार गठनका लागि आह्वान गर्ने विकल्पबाट अघि बढ्नुपर्ने उनको कथन थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>