समाचारमंगलबार, आषाढ १२, २०६९

प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिबारे कुरा गर्छु: दाहाल

रासस

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था बुझ्न १२ असारमा पुगेका अध्यक्ष दाहालले प्रधानमन्त्रीले दिएका अभिव्यक्ति आफू र पार्टीसँगको सल्लाहमा नआएको स्पष्ट पारे । अध्यक्ष दाहालले भने– ‘प्रधानमन्त्रीले मसँग कुनै सल्लाह गर्नुभएको छैन, कसरी त्यस्तो अभिव्यक्ति दिनुभयो, म त्यसबारेमा उहाँसँग कुरा गर्छु ।’

ब्राजिलको रियो दि जेनेरियो सम्मेलनबाट फर्केलगत्तै प्रधानमन्त्रीले ११ असारमा आफूले पदबाट राजीनामा नदिने भन्दै विपक्षी दलहरुले माग्दै आएको आफ्नो राजीनामाको विषयलाई ‘बालहठ’को आरोप लगाएपछि आलोचना बढेको थियो ।

अध्यक्ष दाहालले आफू राष्ट्रिय सहमतिकै पक्षमा रहेको जनाउँदै सहयोगका लागि सबैलाई आग्रहसमेत गर्दै प्रधानमन्त्रीले तत्कालका लागि राजीनामा नदिनेसमेत बताए ।

उपसभापति पौडेलले प्रधानमन्त्रीले दिएको पछिल्लो अभिव्यक्तिका सम्बन्धमा जिज्ञासा राखेपछि दाहालले सो जानकारी गराएको पौडेलका निजी सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

नेपाली काँग्रेस र नेकपा एमालेले प्रधानमन्त्री डा भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिएको सो अभिव्यक्तिका कारण दलहरुबीच हुने सहमतिको बाधक रहेको भन्दै बिरोध जनाउँदै आइरहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>