खेलकुदबुधबार, आश्विन २, २०७०

दोस्रो राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु

हिमालखबर

प्रतियोगितामा रेटेड, अनरेटेड र स्थानीय गरी १६ जिल्लाका करिब ४० जना खेलाडी सहभागी छन् । मकवानपुर जिल्ला बुद्धिचाल संघले आयोजना गरेको प्रतियोगिता १ देखि ५ असोजसम्म हुनेछ ।

८ चरणको स्वीस लिगका आधारमा खेलाईने खेलमा प्रतियोगिताका प्रथमले १५ हजार, दोस्रोले दश हजार, तेस्रोले सात हजार, चौथोले पाँच हजार, पाँचौले तीन हजार, छैठौँ र सातौँले २५–२५ सय तथा आठौ‌, नवौं र दशौ‌ले दुई–दुई हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

झण्डै रु दुई लाख ५० हजार खर्च लाग्ने प्रतियोगिताको मुख्य प्रायोजन स्वर्गीय प्रेमबहादुरका छोरा हेटौँडाका निर्माण व्यबसायी रामकुमार थापाले गरेका हुन् ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीले साउदी अरबमा हुने एसियन तथा सिंगापुरमा हुने बिश्व प्रतियोगितामा भाग लिन पाउने मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष ज्ञानकृष्ण प्रजापतिले जानकारी दिए ।

संघका अनुसार रेटेड खेलाडीको संख्या नेपालमा करिब तीन सय छन् जसमध्ये झण्डै एक दर्जन मकवानपुरमा छन् ।

अशोकसुजन श्रेष्ठ/हेटौंडा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...