रमझमबिहीबार, आश्विन ३, २०७०

मेरी दुलही आमाले खोज्दैनिन्: रणवीर

हिमालखबर

आमा नितुका साथमा रणवीर कपुरअभिनेता ऋषि कपुर र अभिनेत्री नितुसिंहका छोरा रणवीर कपुरले आफ्नी दुलही खोज्ने काममा बुवा–आमाले पनि दुख गर्नु नपर्ने बताएका छन् ।

अचेल उनी अभिनेत्री कट्रिना केफसँग लहसिएको र उनैलाई भित्र्याउने सुरमा रहेको खबरहरु भारतीय सञ्चारमाध्यमहरुले महत्वका साथै प्रकाशन प्रसारण गरिरहेका छन् ।

१ असोजमा टेलिभिजन शो ‘कौन बनेगा करोडपति’को सेटमा फिल्म ‘बेशरम’ को प्रवद्र्धन आएका रणबीरले भने, “आमाले मेरा लागि दुलही खोजिरहनु भएको छैन, यो काम म आफैं गर्नेछु ।”

करोडपतिको सेटमा रणवीरसँगै उनकी आमा नितु सिंह पनि उपस्थित थिइन् । उनले आफ्नो छोराको निर्णयबाट आफू खुशी रहेको भन्दै अचेल कोही आमाले पनि छोराका लागि उपयुक्त दुलही नखोज्ने ठोकुवा गरिन् । सिंहले भनिन्, “उस्ले आफै दुलही खोज्नेछ , हामीले त उनीहरुको खुशी चाहने मात्रै हो ।”

अभिनव कश्यपको निर्देशनमा बनेको ‘बेशरम’ २ अक्टोबरमा रिलिज हुँदैछ । यसमा रणबीर उनका बाबु–आमा तीनै जनाको अभिनय देख्न पाइने छ ।

एजेन्सी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>