समाचारबुधबार, आषाढ १३, २०६९
बबरमहल बम काण्डका नाइके पक्राउ
लामालाई १२ असार राति पाँचथरबाट पक्राउ गरिएको प्रहरी नायब महानिरीक्षक सुरेन्द्र शाहले हिमालखबरलाई जानकारी दिए । संयुक्त जातीय मोर्चा नामक भूमिगत समूहका अध्यक्ष बताउने लामाले पूर्वा़ञ्चलका विभिन्न जिल्लामा अझै संगठन विस्तार गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको शाहले जानकारी दिए ।
१५ फागुन २०६८ मा बबरमहलस्थित नेपाल आयल निगमको मुलद्वार नजिक भएको विस्फोटमा परेर धादिङ बैरनीका २२ वर्षीय कृष्णबहादुर तामाङ, ७० वर्षीय मनबहादुर तामाङ र वीरबहादुर तामाङको मृत्यु भएको थियो ।
विस्फोटमा संलग्न भएको अभियोगमा सागर लामा, सुरेश लामा, भीमबहादुर तामाङ, निमा दोर्जे तामाङ, बुद्धिबहादुर गोले र प्रेम तामाङलाई यसअघि नै पक्राउ परिसकेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
