अर्थ/बजारबिहीबार, आश्विन ३, २०७०

मनाङको हुम्डे विमानस्थल पक्की भयो

हिमालखबर

मनाङ्को हुम्डे विमानस्थल पक्की हुनुअघि (माथी) र पक्की भइसकेपछि

लामो समयदेखि विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न गरिएको माग पूरा भएपछि स्थानीयबासी हर्षित छन् । पक्की धावनमार्गमा १ असोजमा टेष्ट फ्लाईट समेत गरिएको छ ।

धावन मार्ग कालोपत्रे गरिएपछि अनुकुल मौसममा नियमित उडान गर्न सकिने जनाईएको छ । नौ सय मिटर लामो पक्कि धावनमार्ग बनेपछि ठूलो जहाज पनि अवतरण हुन सक्ने हुम्डे एयरपोर्टका कर्मचारी सुर्य गुरुङले बताए । यो सँगै यसक्षेत्रको आर्थिक गतिविधिमा बृद्धि हुने पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले बताए ।

स्थानीय उत्पादन बजारमा पु¥याउन र पर्यटकको संख्यामा समेत बृद्धि हुँदा आय आर्जन बढ्ने उनको भनाई छ ।

यसअघि ट्विनअटर विमानले मात्र मनाङमा उडान भर्दै आएको थियो । त्यो पनि हिउँ र पानीले हिलाम्मे भएपछि उडान रद्द भैरहने गथ्र्यो । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको करिब नौ करोडको लागतमा उक्त धावनमार्ग पिच गरिएको हो ।
युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>