रमझमशनिबार, आश्विन ५, २०७०

‘नोभेम्बर रेन’ मा छुल्ठिम

हिमालखबर

धरानस्थित बिपी अस्पतालमा चलचित्र ‘नोभेम्बर रेनको सुटिङका क्रममा आर्यन सिग्देल, नम्रता श्रेष्ठ र छुल्ठिमा गुरुङ ।

नायक आर्यन सिग्देलले निर्माण थालेको ‘नोभेम्बर रेन’ मा नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, केशव भट्टराई, अल्पना कर्माचार्य लगायतको अभिनय रहने छ । छुल्ठिमले यही फिल्मबाट डेब्यु गर्न लागेकी हुन् ।

सुन्दर छुल्ठिमको अभिनय पनि सुन्दर रहेको फिल्मका निर्देशक दिनेश राउत बताउँछन् । उनी नेपाली चलचित्रमा सम्भावना बोकेकी कलाकार भएर आएकी छन् ।

६० प्रतिशत छायाङ्कन धरानमै हुने ‘नोभेम्बर रेन’ प्रेमकथामा आधारित रहेको राउतले बताएका छन् ।

शब्द/तस्वीर: सोहन श्रेष्ठ, धरान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...