रमझमशनिबार, आश्विन ५, २०७०
चट्याङ मास्टरलाई भैरवस्मृति सम्मान

हास्यब्यङ्ग्य विधाका सशक्त लेखक स्व भैरव अर्यालको हेटौंडास्थित शालिकमा सम्मान व्यक्त गर्दै उनका छोरा प्रकाश
साहित्य संगम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरले ५ असोजमा हेटौंडामा आयोजित कार्यक्रममा हास्यव्यङ्ग्य विधामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै गौतमलाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख आतिथी साहित्यकार हरिप्रसाद भण्डारीले उनलाई नगद रु. २११११ रुपैयाँ र सम्मानपत्र प्रदान गरे । त्यस्तै, साहित्य क्षेत्रको प्रबद्र्धनमा सहयोग पु¥याएको भन्दै भैरव अर्यालका छोरा दीपक अर्याललाई पनि सम्मान पत्र प्रदान गरिएको छ ।
उक्त अवसरमा साहित्य संगम मकवानपुरका अध्यक्ष आरसी रिजालको हास्य व्यङ्ग्य संगालो ‘फू….फू… फू… ’को पनि लोकार्पण गरियो ।
कार्यक्रममा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङे, व्यङ्ग्यकार गोबिन्दबावु तिवारी, अनिता न्यौपानेलगायतले साहित्य क्षेत्रको बिकास र प्रबर्द्धनमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
अशोकसुजन श्रेष्ठ, हेटौंडा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
