अर्थ/बजारशनिबार, आश्विन ५, २०७०
दार्चुलाबाट साढे बीस करोडको यार्सा ढुवानी
घुसा र खण्डेश्वरीका स्थानीय व्यापारीले फिस्टेरल एअरको हेलिकप्टर चार्टर गरेर यार्सागुम्बा हिजो ढुवानी गरेका हुन् । व्यापारीले न्युनतम प्रतिकिलो रु १६ लाख का दरले यार्सागुम्बा सङ्कलन गरेका हुन् । घुसा गाविसको सिती र गण्डेधार, अनिखण्डेश्वरी पाथा र खण्डेश्वरी बजारमा हेलिकप्टर अवतरण गरी यार्सा ढुवानी भएको खण्डेश्वरी प्रहरी चौकिका हवल्दार लोकेन्द्र विष्टले बताए ।
एक दिनमा चार ठाउँमा हेलिकप्टर अवतरण गरी ४ असोजमा यार्सा ढुवानी गरेको पहिलो पटक हो । घुसाका व्यापारी धनसिंह जाग्रीले चार ठाउँमा हेलिकप्टरमार्फत यार्सा ढुवानी गरेका हुन् । यार्सा ओसार्न व्यापारीले पाँच लाखदेखि सात लाखसम्म हेलिकप्टर चार्ट गर्ने गरेका व्यापारी पोखरसिंह रोकायले बताए ।
स्थानीय व्यापारी धनसिंह जाग्री, दासी, तिङ्कार र करवीर बोहरालगायत दर्जनाँै व्यापारी मिलेर हेलिकप्टर चार्टर गरेका हुन् ।
स्थानीय व्यापारी र स्थानीयवासीबाट अधिकांश यार्सागुम्बा उधारोमा खरिद गरेका छन् । उचित मूल्य नपाएको भन्दै सङ्कलनकर्ताले यार्सा वितरण गर्न नमाने पछि व्यापारीले उधारो यार्सा लिएका हुन् ।
व्यापारीले अन्तिम मूल्य दिन तयार भएपछि यार्सा ढुवानी भएको स्थानीयवासीले बताएका छन् । यौनबद्र्धक मानिने यार्सागुम्बा अन्य गम्भीर प्रकृतिका रोगमा पनि औषधिका रुपमा पनि प्रयोग हुँदै आएको छ ।
सडकमार्गबाट ओसार्दा यार्सागुम्बा बाटोमा लुटपाट हुने खतराका कारण दुई, तीन वर्ष यता व्यापारीले हेलिकप्टर चार्ट गरेर यार्सा ओसार्न थालेका हुन् । यसपाली यार्साको भाउ नमिल्दा खरिदमा ढिलाइ भएको हो । अपी नाम्पा कार्यालयका अनुसार यसवर्ष अहिलेसम्म साढे तीन क्विन्टलको छुटपूर्जी जारी भएको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
