रमझमआइतबार, आश्विन ६, २०७०

राजेश-करिश्माको जोडी (तस्वीरसहित)

हिमालखबर

राजेश हमाल र करिश्मा मानन्धरलाई सँगै अभिनय गर्ने साइत निर्देशक प्रशन्न पौडेलले जुराएका हुन् । दीपक शर्माको संगीत, माण्डवी त्रिपाठीको गायन र उषा श्रेष्ठको शब्द रहेको गीतको म्युजिक भिडियोमा यो जोडीले सँगै अभिनय गर्न थालेको हो ।

राजेन्द्र शलभको फिल्म भाउजुमा पहिलो पटक सँगै देखा परेका राजेश र करिश्माको जोडी एक दशक अघिसम्म नेपाली फिल्मको ‘हिट’ जोडी थियो । “यो जोडीलाई सँगै पर्दामा ल्याउने मेरो पहिलेदेखिको चाहना अहिले पूरा भएको छ,” निर्देशक पौडेलले भने ।

अनुभवी सिनेमाटोग्राफर विदुर पाण्डे चाहीँ करिश्माको ‘ब्युटी’ र राजेशको ‘एटिच्यूड’ ले मात्रै पनि क्याम्राको फ्रेम ‘रिच’ देखिने बताउँछन् ।

प्रशन्नको काम गराई टेलिभिजनमा हेर्दा ‘टेक्निकल्ली साउण्ड’ लागेको बताउने राजेशले सेटमा झनै फराकिलो लागेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...