समाचारबुधबार, आषाढ १३, २०६९

राष्ट्रपतिद्वारा बजेटबारे अर्थविद्सँग छलफल

रासस

राष्ट्रपति कार्यालय शीतलनिवासमा १३ असारमा भएको छलफलमा राष्ट्रपति यादवले बजेटका लागि समय कम भइसकेको र अन्तरपार्टी सहमति पनि हुन नसकिरहेको अवस्थालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा चासो व्यक्त गरेको अर्थविद् प्रा. विश्वम्भर प्याकुरेलले बताए । प्याकुरेलका अनुसार छलफलमा राष्ट्रपति यादवले कामचलाउ सरकारका हैसियतमा रहेको वर्तमान सरकारले कस्तो बजेट ल्याउँदा उपयुक्त हुन्छ र त्यसका प्रकि्रया तथा बजेटका प्राविधिक पक्ष कस्ता हुन सक्छन् भन्नेबारे जानकारी लिएका थिए ।

छलफलमा आफूहरुले संसद् नरहेको र राजनीतिक सहमति कायम हुन नसकेको अवस्थामा अन्तरिम संविधानको धारा ९६ (क)अनुसार गत वर्षको कुल बजेटको एक तृतीयांश बजेट ल्याउन सुझाएको जानकारी प्रा. प्याकुरेलले दिए ।

अर्थविद्हरुले राजनीतिक सहमति कायम भएपछि पूर्ण वजेट ल्याउन बजेटमा न्यूनतम सामाजिक सेवा, खानेपानी, स्वास्थ्य, आधारभूत भौतिक संरचनालगायतलाई प्राथमिकता दिन सुझाव दिएका थिए ।

राष्ट्रपति यादवसँगको छलफलमा अर्थविद्हरु पृथ्वीराज लिगल, जगदीशचन्द्र पोखरेल, विजय पौडेल, पोषराज पाण्डे, विमल कोइराला, मदन दाहाललगायत सहभागी थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>