रमझमआइतबार, आश्विन ६, २०७०

फत्तेमान र तीर्थ गन्धर्व सम्झदा

हिमालखबर

तस्वीरः ऋषिराम कट्टेल/हिमालखबर

यलमाया कलासिकद्वारा ललितपुरमा ६ असोजमा विभिन्न कलाकारले दिवगंत दुबै कलाकारको गीत गाएका थिए । शिव परियारले ‘मर्न बरु गाह्रो हुन्छ…’, शैलेस सिंहले ‘वनै खायो डढेलोले…’, मनोजराज शिवकोटीले ‘सान्नानीको गालैमा कालो कोठी रैछ…’ र सुरेन्द्र श्रेष्ठले ‘यस्तो पनि हुँदो रहेछ कहिले कहिले…’ लगायतका गीतमार्फत फत्तेमानको स्मरण गरिएको थियो । यस्तै हरि महर्जनले गीतार र नगेन्द्र राईले बाँसुरीमार्फत फत्तेमानको गीत प्रस्तुत गरे ।

यस्तै लोक गायक तीर्थ गन्धर्वका सम्धी कृष्ण गन्धर्वले ‘बल्ल प¥यो निरमाया माकुरी जालैमा…’ र ‘कपालु कोरेर, कसरी जाने हो मायालाई छोडेर..’ बोलको गीत गाएका थिए । दुबै गीत तीर्थ गन्धर्वका हुन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>