Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
शरतसिंह भण्डारीको नेतृत्वमा 'राष्ट्रिय मधेश समाजवादी पार्टी' गठन - Himalkhabar.com

समाचारबुधबार, आषाढ १३, २०६९

शरतसिंह भण्डारीको नेतृत्वमा ‘राष्ट्रिय मधेश समाजवादी पार्टी’ गठन

सन्त गाहा मगर

शरतसिंह भण्डारी

राजधानीमा १३ असारमा सम्पन्न भेलाले नयाँ पार्टी गठन गर्ने निर्णय गरेको हो । भेलाबाट नयाँ पार्टीको नाम, विधान र झण्डा समेत टुंगो लागिसकेको छ । नेता भण्डारीले हिमालखबरसँग भने, “पार्टी बनिसक्यो घोषणा हुन मात्रै बाँकी छ ।”

मधेशी जनतालाई अधिकार सम्पन्न गराउने उद्देश्यले गठन भएको फोरम लोकतान्त्रिक आफ्नो नीति र सिद्धान्तमा विचलित भएपछि आफूहरूले नयाँ पार्टी स्थापना गरेको भण्डारीले बताए । आफ्नो पार्टीले आदिवासी जनजाति र दलितको मुद्दा पनि उठाउने भण्डारीको भनाइ छ ।

१४ असार बिहान ११ बजे पत्रकार सम्मेलन आयोजना गर्नुभन्दा पहिला मोटरसाइकल र्‍याली गरिने पूर्वसभासद् तथा नवगठित पार्टीका नेता कौशलकुमार राय यादवले जानकारी दिए । भण्डारीलाई फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले कारबाही गरेपछि यादव लगायत १० केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>