Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
हिमाल चढाउने केटी - Himalkhabar.com

व्यक्तित्वसोमबार, आश्विन ७, २०७०

हिमाल चढाउने केटी

हिमालखबर

सोलुखुम्बुकी २७ वर्षीया पासाङ ल्हामु शेर्पा ‘आकिता’ ।

सगरमाथाको प्रवेशद्वार लुक्लाकी आकिता १८ वर्षकै उमेरमा ट्रेकिङ क्षेत्रमा आइन् । खासमा उनी माउन्टेन गाइड बन्न भन्दा पनि सगरमाथा चढ्न यो क्षेत्रमा आएकी थिइन् । तर, यो क्षेत्रमा महिलाहरु नदेखेपछि यसलाई पेशा बनाएको आकिता बताउँछिन् । “नेपाल पर्वतारोहण संघबाट तालिम लिन जादा ३० प्रशिक्षकमध्ये महिला कोही थिएनन्”, उनी भन्छिन्, “दुई वर्षे कोर्ष सकेपछि आफैं प्रशिक्षक बनें ।”

फ्रान्समा पनि पर्वतारोहण तालिम लिएर उनी २००६ मा नेपालको पहिलो महिला पर्वतारोहण प्रशिक्षक बनिन् । त्यही वर्ष जापानी पर्वतारोही समुहलाई खुम्बुको नाइपाई हिमालमा चढाएर माउन्टेन गाईडको पेशा पनि शुरु गरिन् । अहिलेसम्ममा उनी पर्वतारोही लिएर सगरमाथा, यल पिक, मेरा पिक, आइसल्याण्ड पिक, पुत्ता हिमाल र आमादब्लमको शिखर पुगेको आकिताले बताईन् ।

शेर्पा एडभेन्चर गियरको ब्राण्ड एम्बेस्डर समेत रहेकी उनी २००८ मा अमेरिका गएकी थिइन् । अमेरिकाको वासिंटन र सियाटलमा बस्ने उनी त्यहाँको माउण्ट रेइनर, माउण्ट एडम, माउण्ट सक्सन, माउण्ट बेकर लगायतका हिमालहरु आरोहण गराउछिन् । विदेशमा क्याइम्बिङ गाइड बनेकी अकिता नै पहिलो नेपाली महिला हुन् । उनी नेपाली हिमाल आरोहणमा इच्छुक विदेशीहरु यतै ल्याएर आरोहण गराउछिन् ।

उनका अनु्सार, आरोहणमा म महिला हो केटा जस्तो सक्दिन भन्ने हुदैन । त्यहाँ मान्छेको जीवनको कुरा हुन्छ । टोलीलाई सफल बनाउन शारीरिक र मानशिक दुवै रुपमा सक्षम हुनपर्छ । अहीले नेपालमा हिमाल चढ्ने महिला धेरै भएपनि माउन्टेन गाइड अकिता र दोलखाकी दावा याङ्जुम शेर्पामात्रै छन् ।
-ऋषिराम कट्टेल

सोलुखुम्बुकी २७ वर्षीया पासाङ ल्हामु शेर्पा ‘आकिता’ अमेरिकामा माउन्टेन गाइड छिन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>