समाचारबिहीबार, आषाढ १४, २०६९
सार्वजनिक स्थानमा धुम्रपान गर्ने ७२ जना पक्राउ
नेपाल प्रहरीले सार्वजनिक स्थानमा धुम्रपान गर्नेहरूमाथि कडाइ गरेको छ । सार्वजनिक स्थानमा धुम्रपान गर्ने क्रमलाई रोकी अन्य मानिसलाई त्यसको जोखिमबाट बचाउने उद्देश्यले प्रहरीले १३ असारदेखि अभियानस्वरुप सक्रियता बढाएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँले सार्वजनिक स्थलमा धुम्रपान गर्ने ७२ जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
काठमाडौँको दरबारमार्ग, वीर अस्पताल परिसर, रत्नपार्क, सिंहदरबार परिसर र नयाँ बानेश्वर क्षेत्रबाट धुम्रपान गरिरहेको अवस्थामा ७२ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर हुनुमान ढोकाका प्रवक्ता डीएसपी धीरजप्रताप सिंहले जानकारी दिए । पक्राउ परेकाहरुलाई शुरुमा रु १०० जरिवाना गराएर छाडिने शाहले बताए ।
२६ वैशाख २०६८ मा सूर्तिजन्य पदार्थ -नियन्त्रण र नियमन गर्ने) ऐन पारित भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
