Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
शरतसिंह भण्डारीको अध्यक्षतामा १६ सदस्यीय तदर्थ समिति - Himalkhabar.com

समाचारबिहीबार, आषाढ १४, २०६९

शरतसिंह भण्डारीको अध्यक्षतामा १६ सदस्यीय तदर्थ समिति

सन्त गाहा मगर

राष्ट्रिय मधेश समाजवादी दलको झण्डा । तस्बीरः सन्त/हिमालखबर

राजधानीको राष्ट्रियसभा गृहमा १४ असारमा समाजवादी दल गठन भएको औपचारिक घोषणा गरिएको हो । दलको केन्द्रीय समितिमा प्रमोदकुमार गुप्ता, निलम बर्मा, रामानन्द मण्डल, कौशलकुमार यादव, ओमप्रसाद यादव, जयप्रकाश यादव, जिवछी चौधरी, लक्ष्मण महतो कोइरी, युसुफ साफी, पारसप्रसाद साह, सेवकीदेवी दास, शिवप्रसाद सोनी, अमृता अग्रहरी, अमिरुल्लाह अन्सारी र शशिकान्त मिश्र रहेका छन् ।

१३ असारमा आयोजित राजनीतिक राष्ट्रिय सम्मेलनले पार्टी गठनको निर्णय गरेको थियो । एउटै व्यक्ति दुई कार्यकाल भन्दा बढी पार्टी अध्यक्ष हुन नपाउने र पाँच वर्षको एक कार्यकाल रहने भण्डारीले जानकारी दिए । पार्टी केन्द्रीय समितिमा महिलाका लागि ३३ प्रतिशत सीट आरक्षित गरिएको उनले बताए ।

भण्डारीले मधेशी जनताले अझै पनि ‘नागरिक’ भएको अनुभूत गर्न नपाएको बताए । कार्यक्रममा उनले भने, “विभेदबाट व्रि्रोह जन्मिन्छ र व्रि्रोहलाई सम्बोधन गर्न सकिएन भने विखण्डन आउँछ ।” रक्षामन्त्री भएको बेलामा विवादित अभिव्यक्ति दिएर पदबाट राजीनामा दिन बाध्य भण्डारीले आफ्नो त्यतिबेलाको भनाइमा कुनै अन्तर नआएको समेत बताए । सेनामा मधेशी समुदायका युवाको सामूहिक प्रवेशको माग जागिर मागेको नभई राष्ट्रको रक्षामा समान सहभागिताको माग भएको उनको दाबी थियो ।

कांग्रेसमा रहेर लामो समय राजनीति गरेका भण्डारी मधेशी जनअधिकार फोरम नेपाल, फोरम लोकतान्त्रिकहुँदै नयाँ पार्टी गठनमा पुगेका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>