रमझमबुधबार, आश्विन ९, २०७०
चित्रकला बिक्रीबाट अनाथलाई सहयोग
जलबायु परिबर्तन र त्यसबाट समाजिक रुपमा परेको असरलाई चित्रकलाको माध्यमद्घारा उर्तान लागेका हुन । प्रर्दशनीमा २८ वटा चित्रहरु राखिने छ । ९० बटा चित्रहरु बनाइसकेका उनले ५ बर्षदेखी निरन्तर चित्रकलामा सक्रिय छन । युमा फाइन आर्ट एकेडेमीबाट प्रारम्भिक चित्रकलामा शिÔा लिएर काठमाडौ आरोहण गुरुकुलमा सुनिल पोख्रेलबाट अभिनय सिकेका उनको पहिलो ग्रीनहार्ट नामक एकल चित्रकला काठमाडौंमा प्रर्दशनी गरिसकेका छन । । उनले चित्रकलामा मुकीमोनो (फलफुल काटेर बनाउने कला) प्रोटेक्ट जस्तो चित्रहरुको एकल प्रर्दशनी समेत गरिसकेका छन ।
युमा फाइन आर्ट एकेडेमी धरानको आयोजनामा हुन लागेको दोस्रो चित्रकला प्रर्दशनीको पत्रकार सम्मेलनमार्फत जनाकारी दिदै उनले आधुनिक शैलीको चित्रहरुको मूल्य १० हजार देखी ४० हजारसम्म पर्ने बताए । उनी भन्छन “ बिक्री भएको रकमको २० प्रतिशत अनाथबालबालिकालाई सहयोग गर्नेछु । यो मेरो निरन्तर सहयोग हो । ” उनले काठमाडौमा भएको प्रर्दशनीमा बिक्रीबाट उठेको रकमको २० प्रतिशत उनले सिसिआर अनाथबालबालिका केन्द्रका अनाथबालबालिकालाई सहयोग गरेका थिए । प्रर्दशनीबाट बिक्री भएको २० प्रतिशतमा उनले ८ हजार सहयोग गरेका थिए ।
धरान ६ स्थित देशीलाइनको बेलकम गेष्टहाउसमा हुने ग्रीनहार्ट नामक एकल चित्रकला प्रर्दशनींको उदघाटन नेपालललितकला प्रज्ञा प्रतिष्ठान हस्तकला बिभागका प्रमुख कर्ण मास्केले गर्ने भएका छन् ।
सोहन श्रेष्ठ/धरान