खेलकुदबिहीबार, आश्विन १०, २०७०

थ्रीस्टार इर्चिमसँग बराबरीमा रोकियो

हिमालखबर

मलेसियाको मेलाकास्थित हाङ्ग जेबाट रङ्गशालामा ९ असोजमा भएको खेलमा थ्री स्टार र इर्चिम फुटबल क्लबबीचको खेल १–१ गोलको बराबरी सकिएको हो । इर्चिमका लागि इखजगली सेरेन्जाभले खेलको आठ मिनेट तथा थ्री स्टारका अफ्रिकी खेलाडी डोडोजले खेलको दोस्रो हाफको अतिरिक्त समयमा एक गोल गरे ।

पहिलो खेलमा थ्रीस्टारलाई पराजित गरेको तुर्कमिनिस्तानको तीन तथा थ्रीस्टार इर्चिमले एक एक अंक जोडेका छन् ।

गत वैशाखमा काठमाडौँमा भएको समूह छनोट चरणको खेलमा भने थ्री स्टारले इर्चिमलाई २–० गोलअन्तरले हराएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...