Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
धरानमा ट्रेनसेटर्स फेशन शो - Himalkhabar.com

रमझमबिहीबार, आश्विन १०, २०७०

धरानमा ट्रेनसेटर्स फेशन शो

हिमालखबर

धरानमा ट्रेनसेटर्स फेशन शोका लागी धरान पुगेकी पूर्वमिस नेपाल माल्भिका सुब्बा आयोजक र अन्य मोडलहरुका साथमा । तस्बीर:सोहन श्रेष्ठ /धरान

भुटो इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको भव्य फेसन शोमा नेपालका ख्यातीप्राप्त मोडल तथा नायिकाहरुका साथै धरानका दुई जना मोडलहरु पनि रयाम्पमा उत्रनेछन् । नेपालका फेशन डिजाइनरहरुले डिजाइन गरेका पहिरन एवं पोशाकहरुको बजार प्रर्वद्धन गर्ने उद्देश्यले धरानमा भव्य शो आयोजना गर्न लागेको फेशन शो का स्थानीय संयोजक विमल राईले बताए ।

उनका अनुसार प्रसिद्ध फेशन डिजाइनरहरु आइरा, बोक्ख्या, विश्व गौतम, एल्सा, जुनेली, मुसी, ओडोनी, पूजा बोगरिया र सुरुचिराले डिजाइन गरेको पहिरनमा मोडलहरु र्याम्पमा उत्रने छन् । उनीहरुले डिजाइन गरेको पहिरनमा नायिका एवं मोडल नम्रता श्रेष्ठ, निशा अधिकारी, सहना बज्राचार्य, पूर्वमिस नेपाल मलिना जोशी, सदिक्षा श्रेष्ठ र रिचा शर्मा र्याम्मा उत्रने छन् भने धरानका पूर्व मिस पूर्वाञ्चल अस्मिता गुरुङ र फष्ट रनरअप सन्दिपा लिम्बूले पनि क्याटवक गर्नेछिन् ।

फेशन शोको सञ्चालन पूर्वमिस नेपाल माल्भिका सुब्बा र सञ्जु गुप्ताले गर्नेछिन् । कार्यक्रम बेलुकी ठिक ८ बजे शुरु हुने आयोजकले बताएको छ । शो हेर्नको लागि टिकट दर रु। १५ सय रहेको आयोजकले जानकारी दिएको छ । देशव्यापीरुपमा आयोजना गरिन लागेको फेशन शो काठमाण्डौंपछि धरानमा आयोजना हुन लागेको हो । देशका विभिन्न १६ वटा शहरमा यो शो आयोजना गरिनेछ । धरानपछि विराटनगरमा कार्यक्रम आयोजना हुदैछ ।
-सोहन श्रेष्ठ /धरान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>