समाचारबिहीबार, आषाढ १४, २०६९

कांग्रेस र एमालेले सरकारको आयु लम्ब्यायो-मन्त्री बोगटी

हिमालखबर

मन्त्री बोगटी

राजधानीमा १४ असारमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री बोगटीले मुलुकको वर्तमान सङ्कटका मूल एजेन्डालाई छायामा पारेर सरकार परिवर्तनको सहायक विषयलाई मूल एजेन्डामा ल्याउनुले सरकारको आयु लम्ब्याइएको बताएका  हुन । बोगटीले सङ्घीयता, संविधान निर्माणका विषयमा काँग्रेस एमाले सहमतिमा आए आफ्नो दलले सरकार छोड्न तयार रहेको बताए ।

सहमतिको सरकार बन्नुपर्ने भनिरहँदा एमाले तथा काँग्रेस पार्टीबाटै असहमतिको शृङ्खला सुरु भइरहेको भन्दै मन्त्री बोगटीले सङ्घीयता र संविधान निर्माणका क्रममा बाँकी रहेका विषयहरूमा सहमतिमा आउनुपर्नेमा जोड दिए ।

सोही कार्यक्रममा बोल्दै एमाले नेता प्रदीप नेपालले मुलुकको अर्थतन्त्र, सामाजिक तथा सांस्कृतिक चेतना र बहुमिश्रति समाजको कारणले सङ्घीयता ल्याउनु उचित नहुने धारणा राखे । गोलमेच सम्मेलन वा पाँच वर्षा लागि चुनावबाट आएको संविधानसभालाई रूपान्तरित संसदबाट विवादमा रहेका विषयलाई सहमतिबाट पूरा गर्न उनले सुझाव दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>