रमझमशनिबार, आश्विन १२, २०७०
धरानमा ट्रेन्डसेटर्स फेशन शो (फोटो फिचर)
धरान– १९ स्थित ब्रिटिश कम्युनिटी हलमा आयोजना भएको फेशन शोमा नेपालकी चर्चित नायिका एवं मोडल नम्रता श्रेष्ठ, निशा अधिकारी, सहना बज्राचार्य, पूर्वमिस नेपाल मलिना जोशी र सदिक्षा श्रेष्ठलगायत थुप्रे मोडेलहरुले आफ्ना पहिरन र उत्तेजक चाल र्याम्पमा प्रस्तुत गरे ।
फेसन शोमा पूर्वमिस पूर्वाञ्चल अस्मिता गुरुङ र फष्ट रनरअप सन्दिपा लिम्बू पनि सहभागी थिए । दर्शकहरुको रोजाईमा परेकी उत्कृष्ट मोडललाई स्कुटी प्रदान गरिने आयोजक संस्थाले बताएको छ ।
पूर्वमिस नेपाल माल्भिका सुब्बाले सञ्चालन गरेको फेशन शो कार्यक्रममा नेपालका फेशन डिजाइनरहरुका पहिरनहरुको बजार प्रर्वद्धन गरिएको आयोजकको भनाई छ ।
भुटु इन्टरटेन्मेन्टले आयोजना गरेको फेशन शोमा डिजाइनहरु आइरा, बोक्ख्या, विश्व गौतम, एल्सा, जुनेली, मुसी, ओडोनी, पूजा बोगरिया र सुरुचिराको डिजाइनमा मोडल एवं चर्चित नायिकाहरु र्याम्पमा उत्रिएका थिए । देशव्यापीरुपमा आयोजना गरिन लागेको फेशन शो काठमाण्डौं पछि धरानमा आयोजना भएको हो ।
सोहन श्रेष्ठ, धरान
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
