ब्लगशनिबार, आश्विन १२, २०७०

राणाकालको चुनाव

दीपक अर्याल

पद्मशमशेर राणाको समयमा तर्जुमा गरिएको नेपालको वैधानिक कानून, २००४ भाग ४ मा भनिएको छ– ‘सरकारबाट बनेका नियमानुसार योग्य ठहरिएका उमेर पुगेका जनताको भोटद्वारा ५ देखि १५ निर्वाचित सदस्यहरूको एक ग्राम पंचायत रहेको ग्राम वा ग्राम समूह रहनेछ । यिनीहरूले आफ्नै प्रधानपंच चुत्रेछन् । हरेक शहर वा बजारको नागरिक क्षेत्रमा पनि यस्तै किसिमबाट १० देखि ५० निर्वाचित सदस्यहरूको एक नगर पंचायत रहनेछ ।’

प्रजातान्त्रिक अभ्यासको जग तथा स्थानीय विकासको आधार मानिने स्थानीय निकाय निर्वाचनमा राणा शाहीले गरेको यो कानूनी बन्दोबस्तको असल वा खराब पक्षबारे आ–आफ्नै तर्क हुन सक्छ । तर, लोकतान्त्रिक गणतन्त्र नेपालमा स्थानीय निकायको निर्वाचन नभएको १४ वर्ष पुगिसकेको सन्दर्भमा इतिहासको यो पाटो सम्झ्न लायक छ ।

नेपालको वैधानिक कानूनले निर्वाचित ग्राम वा नगर पंचायतलाई सरकारको अधीनमा रही आफ्ना इलाकाको जनताको समृद्धि, कल्याण, सुग्घर–सफाई र शिक्षा सम्बन्धी कामहरू गर्ने, सडक, ढल, पुल, पौवा, पाटी, धर्मशाला, बाँध–पैनी बनाउने, गौचर राख्ने, बत्ती, पानीको इन्तजाम गर्ने, हाट–बजारको बन्दोबस्त गर्ने जस्ता जिम्मेवारी सुम्पिएको थियो ।

नेपालमा निर्वाचनको आधार तयार गरेको ठानिएको वैधानिक कानून भने पहिलो चुनावको ८ महीनापछि मात्र आधिकारिक रूपमा सार्वजनिक भएको सन् १९६४ मा प्रकाशित अनिरुद्ध गुप्ताको पुस्तक ‘पोलिटिक्स इन नेपाल’ बताउँछ ।

पुरुषलाई मात्र मताधिकार
२४ जेठ २००४ को गोरखापत्र को प्रथम पृष्ठको निर्वाचन सम्बन्धी सरकारी सूचनामा ‘काठमाडौं म्युनिसीपेलेटीको सदस्यहरू छात्रे बारे प्रकाशित भएको इस्तिहार बमोजिम सदस्यहरूको निर्वाचन बुधबार जेष्ठ २९ गते हुने भएकोले आगामी सोमबार ४ बजेसम्म हरएक ओडाबाट खडा हुने उम्मेदवारहरू चार जनासम्मको नाम ओडाको प्रतिष्ठित मानिसहरूको राय मिलाई म्युनिसीपेल गोश्वारामा पेश गर्नु । … जस जसले सबभन्दा वर्ता भोट पाउनेछन् उही सदस्य मुकर्रर हुने छन् । सदस्यका निर्वाचनमा भोट दिन पाउनेहरूलाई घर घरमा टीकट बाँड्न सोमबार, मंगलबार बिहान ७ बजेदेखि १० बजेसम्म र साँझ्मा ३ बजेदेखि ७ बजेसम्म सर्कारी कर्मचारीहरू आउनेछन्’ भनिएको छ ।

चुनावको दिनको गोरखापत्र को सम्पादकीयले चुनिने सबैलाई अग्रिम शुभकामना दिएको थियो । सोही दिनको गोरखापत्र ले चुनावको इस्तिहार पनि प्रकाशित गर्दै पद्मशमशेरको ३ जेठ २००४ को मन्तव्य बमोजिम सुधारको पहिलो किस्ता स्वरूप मुलुकमा निर्वाचित म्युनिसीपेलेटीहरू खडा हुन लागेको खुलाएको छ । इस्तिहारमा सबै ठाउँमा एकैचोटि निर्वाचन गर्न नभ्याउने भएकोले पहिले काठमाडौंमा निर्वाचन हुने जानकारी दिइएको छ । निर्वाचन हुने काठमाडौं म्युनिसीपेलेटीको चार किल्लामा उत्तर महाराजगञ्ज, दक्षिण वागमती, पूर्व धोबीखोला र पश्चिम विष्णुमती तोकिएको छ । त्यसलाई २१ वडामा विभाजित गरी प्रत्येक वडाबाट १–१ सदस्य छात्रे व्यवस्था थियो ।

चुनाव जस्तो प्रजातान्त्रिक अभ्यास थालिएको त्यो वेला मताधिकार भने २१ वर्ष नाघेका लोग्ने मानिसहरूलाई मात्र दिइएको थियो । यसैगरी, २५ वर्षमाथिका पुरुषले मात्र उम्मेदवार हुन पाउँथे । २९ जेठ बुधबार बिहान ११ देखि ३ बजेसम्म भोट दिन सकिने व्यवस्था गरिएको त्यस चुनावमा काठमाडौंका कुल ६७,१२० मतदाता थिए ।

त्यो चुनावको दिन गोरखापत्र को सम्पादकीयमा हामीले आगामी संविधानसभा निर्वाचनमा छानिनेहरूलाई भत्र मिल्ने खालको एउटा वाक्य छ– ‘छानिएका म्युनिसीपेलेटीका सदस्यहरूलाई परमेश्वरले मुलुकको सेवा गर्ने बल बुद्धि प्रदान गरून्, यसैमा मुलुकको कल्याण छ ।’

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...