अर्थ/बजारबिहीबार, आषाढ १४, २०६९

एउटै परिवारको बैंकलाई मर्जरको दबाब

हिमालखबर

एउटै परिवारको मुख्य लगानी भएका दुई वाणिज्य बैंक एनआईसी र बैंक अफ एशियाले असार १४ मा आपसमा गाभिने सम्झौता गरेका छन् । आगामी पुससम्ममा एकीकृत कारोबार सञ्चालन गर्न यी बैंकले तयारी गरेका छन् । विशाल (अग्रवाल) समूहको मुख्य प्रवद्र्धनको यी दुई बैंकलाई आपसमा गाभिन यसअघि नै नेपाल राष्ट्र बैंकले दबाब दिएको थियो । नेपालमा दुई वाणिज्य बैंक गाभिएर एक हुन लागेको यो पहिलो पटक हो ।

चन्द्र ढकाल समूहको लगानी भएको ग्लोबल बैंक र आईएमई फाइनान्सले पनि मर्जरको तयारी गरिरहेका छन् । एकाघर परिवारको लगानी भएका अन्य बैंक तथा वित्तीय संस्था पनि राष्ट्र बैंकको दबाबपछि मर्जरमा जाने तयारीमा भएको स्रोत बताउँछ । नेपाल बङ्गलादेश बैंक र एनसीसी बैंक, एनएमबी बैंक र क्लिन इनर्जी डेभलपमेन्ट बैंक, हिमालयन र लक्ष्मी बैंक आदिमा एकाघर परिवारको लगानी छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>