रमझमबिहीबार, आषाढ १४, २०६९

विनितामाथि अर्की नायिकाको उजुरी

Rishiram Kattel

नायिका दिपशिखा खड्का र विनिता बराल

विनिता बराल र दिक्पाल कार्की

विनिता र दिक्पालसँगै बसेर अश्लील म्यासेज गरेको देख्ने ६ जना साक्षी सहित उनी हनुमानढोका पुगेकी थिइन् । फिल्म जस्ट फर यु, प्रेम विवाह, कर्तुतमा अभिनय गरेकी दिपशिखाको खास पहिचान भने मोडलकै हो । पछिल्लो समयमा उनी चलचित्र अभिनयतिर आएकी हुन् । उनीहरुले आफूलाई लामो समयदेखि विनय डिसी, सगुन केसी जस्ता फेसबुक आइडी मार्फत अश्लील गालीगलोज सहित धम्काउँदै आएको बताइन् । यी आइडी मार्फत धम्काउने दिक्पाल कार्की भन्ने कुरा ललितपुर प्रहरीले पक्रेपछि थाहा पाएको बताउँदै उनले हिमालखबरसँग भनिन्, “विनिता र दिक्पाल कार्कीले सँगै बसेर अश्लील गाली सहितका म्यासेज गरेको देख्ने साक्षीहरु भेटेपछि उजुरी दिएकी हुँ ।” उनले म्यासेजमार्फत आफू विगत ८ महिनादेखि मानसिक तनावमा रहेको बताइन् । उनले भनिन् “यो काममा १०० प्रतिशत विनिताको हात छ, त्यसैले म कानूनी उपचारका लागि प्रहरी समक्ष पुगेकी छु ।”

यस अघि ६ असारमा जावलाखेलस्थित महानगरीय प्रहरी परिसर चपली हाइटका नायक राज घिमीरेले अश्लील गाली गलौज तथा धम्की दिएको भन्दै उजुरी परेको थियो । उजुरी पछि दिक्पाललाई ६ असारमै बानेश्वरको जिरोमाइल साइवरबाट प्रहरी सहित पिडीत कलाकारले समातेर जावलाखेल ल्याएका थिए ।

यसपछि विनीतालाई सोधपुछ गरि छाडेको थियो भने दिक्पाल कार्की ७ दिन म्याद थपेर सार्वजनिक मुद्धा हिरासतमा बसेर १४ असारमै रु. ७ हजार धरौटीमा जिल्ला प्रशासन कार्यलयबाट तारेखमा छुटेका छन् । विभिन्न नक्कली फेसबुक आइडीबाट आधा दर्जन भन्दा बढि कलाकारलाई अश्लील गाली गलौज तथा धम्की दिएको भन्दै चलचित्र निर्माता राजेश घतानी,चलचित्र लेखक शिवम अधिकारी,नायक यसराज लगायत पुगेका थिए । यी बाहेक ऋषि लामिछाने, आलोक नेङवाङ लगायतलाई यीनै फेसबुक आइडीमार्फत धम्काएको खुल्न आएको छ । उनलाई विनीता र दिक्पाल मिलेर फेसबुक तथा फोन मार्फत धम्काएको उजुरीमा उल्लेख थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>