Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपाल एएफसी यु–१६ को फाइनल चरणमा, बिमलको ह्याट्रिक - Himalkhabar.com

खेलकुदआइतबार, आश्विन १३, २०७०

नेपाल एएफसी यु–१६ को फाइनल चरणमा, बिमलको ह्याट्रिक

हिमालखबर

तस्वीरः गोलनेपाल डटकम

काठमाडौंस्थित दशरथ रंगशालामा १३ असोजमा तुर्किमिनिस्तानलाई ४–० गोल अन्तरले पराजित गरेको नेपाल ७ अंक सहित समूह विजेता हुँदै फाइनल चरणमा पुगेको हो । नेपाल आठ वर्षपछि फाइनल चरणमा पुगेको हो ।

२०१४ मा थाइल्याण्डमा हुने प्रतियोगितामा नेपालसहित १६ देशले सहभागिता जनाउने छन् । नेपालसँगै आयोजक थाइल्याण्ड, जापान, अष्ट्रेलिया, इरान, चीन, हङकङ, उत्तर कोरिया, उज्वेकिस्तान, ओमान र मलेसियाको टुँगो लागि सकेको छ ।

कप्तान घर्ति मगरले मध्यान्तरको इन्जुरी समयमा गोल गरेर टीम नेपाललाई अग्रता दिलाएका थिए । उनले ५१ औं र ८२ औं मिनेट गोल गरेर आफ्नो ह्याट्रिक पुरा गरे । नेपालका लागि अर्को गोल ७५ औं मिनेटमा दिनेश राजवंशीले गरे ।

नेपालले बहराइनलाई २–० ले पराजित गरेको थियो भने इराकसँग २–२ गोलको बराबरी खेलेको थियो ।

आजै भएको अर्को खेलमा बहराइनले इराकलाई २–१ गोलले पराजित गर्यो ।  ६ अंक जोडेको बहराइनको फाइनल चरण पुग्ने संभावना कायम छ । १० समूह मध्ये उत्कृष्ट पाँच उपविजेतामा पर्न सके बहराइनले पनि दोस्रो चरणको  यात्रातय गर्ने छ ।

चार अंक जोडेको इराक र अंक बिहिन तुर्किमिनिस्तान प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>