Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
१० देशका ३५ फिल्म - Himalkhabar.com

रमझममंगलबार, आश्विन १५, २०७०

१० देशका ३५ फिल्म

हिमालखबर

फिल्म साउथ एशिया २०१३ मा प्रदर्शन हुने मिस निक्की एण्ड द टाइगर गर्लको एक दृष्य ।

हिमाल साउथ एशियन म्यागजिनको आयोजनामा हुने फिल्म साउथ एशिया २०१३ मा तीन वटा नेपाली फिल्म छन्– केसाङ छेतेनको हु विल वि गोर्खा, आलोक तुलाधर र रजनी श्रेष्ठकोे स्टोरी अफ यमोरी तथा दीपेश श्रेष्ठ र जापानी नागरिक असामी साइतोकोे प्लेइङ विथ नान ।

ब्रिटिश गोर्खा भर्तीमा आधारित केसाङको फिल्मले देश–विदेशका महोत्सवमा अवार्डहरू जितिसकेको छ भने आलोक र रजनीको स्टोरी अफ यमोरी नेवार समुदायको परिकार यमोरीमा केन्द्रित छ । दीपेश र असामीको फिल्म पनि खाने परिकार नानमाथि बनेको छ । महोत्सव यस पटक पनि कमलपोखरीस्थित कुमारी सिनेमा घरमा हुँदैछ । चलचित्र निर्माणको नयाँ–नयाँ शैली–विषय वस्तुबारे जानकारी दिने, त्यस्ता फिल्म बनाउन उत्साहित पार्ने र दक्षिण एशियाली वृत्तचित्रहरूको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न थालिएको महोत्सवमा यस पटक पनि थुप्रै विदेशी ‘फिल्म मेकर’ हरू आउँदैछन् ।

महोत्सवका निर्देशक नयनतारा गुरुङ कक्षपतिका अनुसार यसपटक तीन वटा फिल्म र समाजमाथि छलफल हुनेछ । त्यसमा साउथ एशियन युनिभर्सिटी दिल्लीकी प्रोफेसर मल्लिका शाक्य, बंगलादेशी फोटोग्राफर साइदुल आलम, चेन्नईको कल्चरल जर्नालिज्म इन्ष्टिच्यूटका प्रोफेसर सदानन्द मेनन, डकुमेन्ट्री वितरण कम्पनीका सञ्चालक गार्गी सेन र भारतीय फिल्मी खलनायकहरूमाथि पुस्तक लेखिरहेका अरुण गुप्ता सहभागी हुनेछन् ।

चर.. नो मेन्स ल्याण्डको दृष्य

महोत्सवका निर्देशक नयनताराले चारदिने यस महोत्सवमा छानिएका चलचित्रहरूले राजनीतिक, सामाजिक, सांस्कृतिक, मनोरञ्जनात्मक सबै विषय बोकेको बताइन् । उनका अनुसार, नयाँ विचार र शैलीका नयाँ–नयाँ मेकरहरूलाई प्राथमिकता दिएकाले यसपटक दर्शकहरूले नयाँ स्वाद पाउनेछन् । महोत्सवमा २०१२ को ओस्कार एकेडेमी अवार्ड विजेता पाकिस्तानी फिल्म सेभिङ फेस पनि समावेश छ ।

सार्मिक अवेद निर्नोय र डेनियल जुङ्गेको यो फिल्म एसिड आक्रमणमा केन्द्रित छ । त्यस्तै भारतको नेशनल फिल्म अवार्ड जितेको पिके नायरको सेलुलोइड मेन पनि हेर्न पाइनेछ, यसपटक । दृष्टिविहीन भारतीय चेस खेलाडीमाथि इयान मेकडोनाल्डले बनाएको आल्गो रिदम १५० जना दृष्टिविहीनहरूले हलमा श्रवण गर्नेछन् ।

महोत्सवमा उत्कृष्ट हुने तीन चलचित्रमध्ये पहिलोले रामबहादुर ट्रफीसहित २ हजार अमेरिकी डलर, दोस्रोले एक हजार डलर र पहिलो पटक फिल्म बनाउने एक निर्देशकले डेब्यु अवार्ड सहित एक हजार डलर नगद पुरस्कार पाउनेछन् । यसैगरी, १५ वटा चलचित्रलाई ट्राभलिङ फिल्म साउथ एशिया भनेर एक वर्षभरि विश्वका विभिन्न देशमा प्रदर्शन गरिनेछ ।

सन् १९९४ मा हिमाल एसोसिएसनले नेपालमा पहिलो पटक फिल्म हिमालय नामबाट अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गरेको थियो । राजधानीमा बसेका विदेशी र विदेशी पर्यटकहरू त्यसबेलाका मुख्य दर्शक थिए । अहिले हिमाल साउथ एशियन म्यागजिनले फिल्म साउथ एशिया र हिमाल एसोसिएसनले हरेक वर्ष किम्फ आयोजना गरिरहेको छ ।

यसबाहेक आदिवासी जनजातिहरूका विषयमाथि बनेका डकुमेन्ट्रीहरू समेटेको इन्डिजिनियश फिल्म आर्काइभ (आइफा) ले पनि वर्षेनि महोत्सव थालेको छ । टिकट काटेर वृत्तचित्र हेर्ने दर्शक बढ्दै जाँदा नेपाल दक्षिण एशियामा डकुमेन्ट्रीको ‘क्रेज’ भएको देशको रूपमा चिनिएको छ ।

-अनुशील

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>