समाचारबिहीबार, आषाढ १४, २०६९

भूकम्पीय क्षति व्यवस्थापनका लागि बेलायतको सहयोग

रासस

बेलायतका अन्तर्राष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री एलन डङ्कनले आफ्नो नेपाल भ्रमणको अन्तिम दिन १४ असारमा सो सहयोग दिने घोषणा गरेको बेलायती दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालको दैवीप्रकोप व्यवस्थापनको क्षमता अभिवृद्धि गरी चालीस हजार नेपालीलाई दैवी विपत्तिबाट जोगाउन सक्षम गराउने कार्यमा सो रकम सामुदायिक गतिविधिमार्फत प्रयोग गरिने बताइएको छ ।

आगामी चार वर्षका लागि डिएफआइडीद्वारा दिइने सो सहयोगबाट गत वर्ष पूर्वी नेपालमा गएको भूकम्पमा भत्किएका १६२ वटा विद्यालय भवन निर्माणका साथै अस्पतालहरूलाई भूकम्पीय जोखिमबाट सुरक्षित राख्ने सरकारको राष्ट्रिय योजनामा उपयोग गरिने उल्लेख गरिएको छ ।

नेपालको पहिलो भ्रमणदेखि नै यहाँको भूकम्पीय जोखिमको अवस्थाप्रति ध्यान दिई यसको क्षति न्यूनीकरणमा आफूले प्राथमिकता दिएको र राष्ट्रिय दैवी प्रकोप व्यवस्थापन सुधार गरी राहत क्षमता वृद्धि गर्न बेलायती राज्यमन्त्रीले जोड दिँदै आएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भ्रमणका क्रममा राज्यमन्त्री एलनले उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार र नेपालमा दैवी प्रकोप व्यवस्थापनमा सहयोग पुरयाउने सङ्गठनका प्रतिनिधिहरूसँग पनि भेट गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>