रमझमसोमबार, आश्विन १४, २०७०

सलमान खानकी फ्यान मिस युनिवर्स

हिमालखबर

पहिलो पटक भारत यात्रामा आएकी २१ वर्षीय अमेरिकी सुन्दरी मोडल ओलिभियाले भारतीय पत्रिका हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै आफूलाई बलिउड मन पर्ने र विशेष गरी सलमान खानसँग काम गर्ने इच्छा भएको बताएकी छन् ।

ओलिभिया एड्स चेतना अभियानका लागि भारत आएकी हुन् । ओलिभिया कल्पोको टोलीले छिट्टै सलमान खानसँग भेट्ने योजना पनि बनाएको छ ।

दिल्लीमा आयोजित एक कार्यक्रममा परम्परागत भारतीय तरिकाबाट प्रस्तुत भएकी ओलिभियाले निधारमा रातो टिका पनि लगाएकी थिइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...