समाचारबिहीबार, आषाढ १४, २०६९

विस्तारित बैठकमा पेश गर्ने राजनीतिक प्रस्तावको तयारीमा ‘प्रचण्ड’

रासस

पार्टीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्यलगायतका केही नेताहरूले पार्टी फुटाएर नयाँ पार्टी गठन गरिसकेको अवस्थामा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा प्रष्ट धारणा बनाउन अध्यक्ष दाहाल व्यस्त भएको बताइएको छ ।

पार्टी पोलिटव्यूरो सदस्य लोकेन्द्र विष्टका अनुसार पार्टीबाट बाहिर गएकाहरूलाई समेत एकीकृत पार्टीमा आउने वातावरण तयार पार्ने गरी अध्यक्षले प्रतिवेदन लेख्ने काम गरिरहेकाछन् ।

पार्टीभित्र बढ्ने अराजकता तथा अनुशासनहीनतालाई अन्त्य गर्ने उत्तम उपायको बारेमा समेत नयाँ विधि तयार पारिने भएको छ, नेता विष्टले भने – ‘कम्युनिस्ट आन्दोलनमा बेलाबखत देखिने टुटफूटलाई सम्बोधन गर्ने गरी अध्यक्षले राजनीतिक प्रतिवेदन तयार गर्न लाग्नुभएको छ ।’

संविधानसभाको विघटन, पार्टीमा आएको फूट, आगामी राजनीतिक कार्यदिशा लगायतको विषयमा पार्टीकै केही वरिष्ठ नेताहरूसँग छलफल गरेर प्रतिवेदन तयार पार्न लागेको बुझिएको छ ।

यसैगरी पार्टीमा खाली रहेको उपाध्यक्ष, महासचिव, सचिव र स्थायी समिति तथा पोलिटव्यूरो सदस्यहरूमा थप गर्ने सदस्यहरूका बारेमा पनि अध्यक्ष दाहालले छलफल गरेकाछन् । तर क–कसलाई ती पदहरूमा लैजाने भन्ने विषयमा भने कुनै निर्णय गरिएको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>