रमझममंगलबार, आश्विन १५, २०७०

कट्टेल र नेपाल पुरस्कृत

हिमालखबर

ऋषिराम कट्टेल

यसै वर्षदेखि शुरु गरिएको शास्त्रीय संगीत पत्रकारिता पुरस्कार साप्ताहिक खबरपत्रिका हिमालका पत्रकार ऋषिराम कट्टेल र कान्तिपुर दैनिकका पारश नेपालले पाउने भएका छन् ।

नेपाली संगीत संरक्षक तथा प्रवर्द्धक समूहले शास्त्रीय संगीतका कलाकार लक्ष्मणशम्शेर राणाको सम्झनामा स्थापना गरेको पुरस्कार राणाको ३० औं स्मृतिदिवसको अवसरमा १८ असोजमा पत्रकारद्वय कट्टेल र नेपाललाई दिइने समूहका अध्यक्ष उत्तम रिमालले जानकारी दिए ।

१० हजार नगद सहितको पुरस्कार पाटनस्थित यलमाया केन्द्रमा आयोजना गरिने शास्त्रीय संगीत कार्यक्रमबीच प्रदान गरिने छ ।

कार्यक्रममा वरिष्ठ सरोदबादक मोहन सुन्दर श्रेष्ठ, शास्त्रीय गायिका सुजाता बर्माको प्रस्तुती पनि रहनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...