Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
घटेन लागूऔषधको धन्दा - Himalkhabar.com

रिपोर्टशुक्रबार, आषाढ १५, २०६९

घटेन लागूऔषधको धन्दा

डम्बरकृष्ण श्रेष्ठ

– लागूऔषध नियन्त्रण कानून कार्यान्वयन इकाई (एएनएलआईयू_ नयाँ बानेश्वरको प्रहरी टोलीले २७ जेठमा काठमाडौंको सेतीदेवी–९, चाल्नाखेलमा ८८ वटा प्याकेटमा विदेश पठाउन ठिक्क पारिएको २६४० केजी चरेश बरामद गर्नुका साथै पाँच जनालाई समात्यो । त्यसअघि २४ वैशाखमा काठमाडौं, बाडभञ्ज्याङमा बा२च ६१७० नंं को टाटा मोबाइलबाट १०५ केजी र सीतापाइलामा ३१ केजी चरेश बरामद भएको थियो ।

– जेठको तेस्रो साता राजधानीका विभिन्न स्थानबाट २२ हजार ६२० जनालाई एक डोज पुग्ने रु।५६ लाख ५५ हजार मूल्यको ११३१ ग्राम खैरो हेरोइनसहित पाँच जना समातिए । जेठकै दोस्रो साता रु।२७ लाख ४५ हजार बराबरको खैरो हेरोइन, चरेश, बुपरनर्फिन, एम्पुल र डाईजेपामसहित ६ जना समातिए ।

– गएको चैत तेस्रो साता प्रहरीले विभिन्न स्थानमा चार भारतीय र एक चेक नागरिकलाई रु।१४ लाख ५० हजार मूल्यको लागूऔषध तथा १८ चैतमा काठमाडौं विमानस्थलमा दोहा उड्न लागेका जर्मन नागरिक ब्रेण्ड क्लेन्स्चिमिण्डलाई २२ केजी चरेशसहित समातेको छ । चैतकै पहिलो साता काठमाडौं बल्खुबाट रु।२६ लाख बराबरको ६५० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका थिए ।

चैत २०६८–जेठ २०६९ बीचको तीन महीनामा राजधानीमा बरामद र पक्राउ लागूऔषध तथा कारोबारीको यो विवरण नेपालमा भैरहेको लागूऔषधको अवैध धन्दाको भयावह अवस्था झ्ल्काउन काफी छ । प्रहरीले असार पहिलो साता पनि राजधानीका विभिन्न स्थानबाट लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ ।

गएको ६ महीनामा काठमाडौंमा अवैध लागूऔषध कारोबारमा समातिने १०५६ पुगेका छन्, जसमध्ये ९७३ नेपाली, ७९ भारतीय र चार जना तेस्रो मुलुकका नागरिक छन् । तीमध्ये ४२ नेपाली, दुई भारतीय र एक तेस्रो मुलुकका महिला छन् । उनीहरूबाट २० हजार ५९३ केजी ७९२ ग्राम गाँजा, १८१२ केजी ११८ ग्राम चरेश, ६९२७ ग्राम हेरोइन र ५०० ग्राम अफिम बरामद भएको छ । त्यस्तै २४ हजार ८७४ थान डाइजिपाम, १७ हजार ६७८ थान बुपरनर्फिन, १३४ केजी ह्यासिस पाउडर, एक केजी कोकिन, १२४ केजी गाँजाको धूलो र १६ हजार १५६ ट्याब्लेट अन्य लागूऔषध पनि बरामद भएको थियो ।

गत वर्ष नेपालभर समातिएका २१६३ जना लागूऔषध कारोबारीमध्ये ९७ महिलासहित २०२८ नेपाली र ११ महिलासहित १३५ विदेशी थिए । उनीहरूबाट ३७ हजार १८६ केजी ६९१ ग्राम गाँजा, २९२४ केजी ४५७ ग्राम चरेश, ११ केजी ५८६ ग्राम हेरोइन र २३५३ ग्राम अफिम बरामद भएको थियो । त्यस्तै ३९ हजार ६९५ थान डाइजीपाम, २७ हजार ५३८ थान बुपरनर्फिन र ८३ हजार ७६२ ट्याब्लेट अन्य लागूऔषध पनि बरामद गरिएको थियो । पक्राउ पर्नेमा अधिकांश मुख्य कारोबारी नभै ओसारपसारमा संलग्न भरिया भएको एएनएलआईयूका वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० नवराज सिलवाल बताउँछन् ।

पुराना कारोबारी
प्रहरीका अनुसार देशमा उत्पादन हुने र बाहिरबाट आउने लागूऔषधको ६० प्रतिशत राजधानीमा र त्यसपछि पोखरा, धरान, वीरगञ्ज, विराटनगर, नेपालगञ्ज, बुटवल, भैरहवा, जनकपुर जस्ता शहरमा खपत हुन्छ । नेपालमा ब्राउन सुगर, ह्वाइट सुगर र फर्मास्युटिकल लागूऔषध बुपरनर्फिन, नाइट्रोजिपाम, डाइजेपाम भारत र तेस्रो मुलुकबाट आउँछन् । काठमाडौंमा वीरगञ्जहुँदै हेटौंडाबाट लागूऔषध राजधानी भित्रिन्छ भने नेपालमै उत्पादन भएर विदेश तस्करी हुने चरेश भारतको गोवाहुँदै युरोप, अमेरिका पुग्छ ।

२७ जेठमा काठमाडौंको चाल्नाखेलमा समातिएको अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणको २६४० केजी चरेश स्थलमार्गबाट गोवा लैजाने तयारी गरिंदै थियो । त्यससँगै लामो समयदेखि लागूऔषध कारोबारमा संलग्न मकवानपुरका हस्तबहादुर रुम्बा, तीर्थबहादुर राई, वीरे लामा, चन्द्रबहादुर गोले र कुमार लामा पक्राउ परेपछि प्रहरी यो धन्दामा संलग्न पुराना र अनुभवी तस्करहरूको मूल नेटवर्कमा पुग्ने प्रयासमा छ । २ असारमा ११०० थान बुपरनर्फिन र दुई एमएलका त्यति नै डाइजेपामसहित पक्राउ परेका भक्तपुरका चन्द्रबहादुर पोडे लागूऔषध कारोबारमा जेल परेर ११ असोज २०६८ मा छुटेका व्यक्ति हुन् । प्रहरीका अनुसार दुई दशकदेखि काठमाडौं, भक्तपुर र ललितपुरमा थोक बिक्रेता रहेका पोडे लागूऔषध बजारमा ‘हाकु’ भनेर चिनिन्छन् ।

१९ जेठमा ९५ ग्राम खैरो हेरोइनसहित थानकोटमा आकाश भनिने मतलुब अन्सारी समातिएपछि लामो समयदेखि भारतको रक्सौलबाट काठमाडौं, हेटौंडा, चितवन, पोखरा लगायतका शहरमा खैरो हेरोइन पठाउने र ‘होम डेलिभरी’ समेत गर्ने वीरगञ्जका अनवर अन्सारी पनि प्रहरीको फेला परेका छन् । “अन्सारी समूहका व्यक्तिहरू समातिएपछि रक्सौलमा लागूऔषधका मुख्य डिलर इमाम र सञ्जय भएको पत्ता लागेको छ”, लागूऔषध नियन्त्रण इकाईका प्रहरी उपरीक्षक ९एसपी० शेरबहादुर बस्नेत भन्छन् ।

२४ वैशाखमा बाडभञ्ज्याङ र सीतापाइलाको देवी भनिने देवेन्द्रविक्रम रोक्का ९छपाली०को घरबाट चरेशसहित गोविन्दकुमार रोक्का छन्त्याल, मनजित घर्तिमगर र नगेन्द्र थापा समातिए पनि मुख्य अभियुक्त देवी फरार छन् । प्रहरीका अनुसार लामो समयदेखि चरेश कारोबारको अन्तर्राष्ट्रिय नेटवर्कमा संलग्न देवी २०३६ मा डेढ महीना र २०४२ मा साढेचार वर्ष जेल भुक्तान गरेर छुटेका व्यक्ति हुन् ।

एसएसपी नवराज सिलवाल प्रहरीले कडाइ गरे पनि किनेर लागूऔषध सेवन गर्ने क्रम नघटेकाले व्यापार मौलाइरहेको बताउँछन् । १५–३० वर्ष उमेर समूहका तन्नेरी लागूऔषधको कुलतमा फँसेका र २०–३५ वर्षका मानिस कारोबारमा सक्रिय छन् । एएनएलआईयूका प्रमुख डीआईजी यादव अधिकारी भन्छन्, “समस्या विकराल बन्दै गएकाले सामाजिक संघ–संस्था, विद्यालय, शिक्षक–अभिभावकहरू चनाखो हुनुपर्ने बेला आएको छ । नत्र सिंगो किशोर पुस्तालाई लागूऔषधले बर्बाद गर्नेछ ।”

-१६–३१ असार २०६९ को हिमाल खबरपत्रिकामा प्रकाशीत रिपोर्टको सम्पादित अंश । पुर्ण पाठ हिमाल खबरपत्रिकामा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>