समाचारशुक्रबार, आषाढ १५, २०६९
पहिरोमा परेर आठको मृत्यु
तनहुँको जामुने-१, टयांक्की डाँडामा पहिरोले घर पुरिँदा सात जनाको मृत्यु भएको छ । जामुने-१ टयाक्की डाँडाका साइबहादुर विकको घर पुरिँदा विककी २४ वर्षीया श्रीमती रुपा, छोरीहरु आठ वर्षीया पूर्णिमा र ६ वर्षीया देवियाका, बहिनी १५ वर्षीया सम्झना, र छिमेकीहरू २० वर्षीया सुष्मा विक, दुइ वर्षीया रेखा विक र १५ वर्षीया दुर्गा विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
साइबहादुर भारतमा रोजगारी गर्दै आएका छन् । पहिरोमा पुरिएर बेपत्ता भएका उनीहरूको शव स्थानीय बासिन्दा र प्रहरीले निकालेको तनहुँका प्रहरी नायब उपरीक्षक गौतमराज कट्टेलले बताए ।
यसैबीच, गएराति पहिरोमा पुरिएर बेपत्ता भएकी बागलुङ गलकोट हटिया गाविस-३ की ६४ वर्षीया पवित्रा खत्रीको शव फेला परेको छ । प्रहरी र स्थानीयवासीसहितको उद्धार टोलीले क्षत्रि्रस्त घरभित्रबाट पवित्राको शव निकालेको बागलुङका प्रहरी नायब निरीक्षक शैलेन्द्र खड्काले जानकारी दिए । मृतक पवित्राको शव अहिले उपस्थास्थ्यचौकी हटियामा राखिएको छ ।
घरमा सुतिरहेको बेला राति साढे २ बजे आएको पहिरोले घर पुरिँदा पवित्रासँगै घरमा डेरा गरी बस्ने बागलुङ रेश गाविस-८ की २३ वर्षीया लक्ष्मी सुनार र उनका छोरा तीन वर्षीय सुदीप सुनार बेपत्ता बनेका थिए । स्थानीय टेकबहादुर खत्रीको घरमाथिबाट आएको पहिरोमा पुरिएका दुइ आमाछोरा लक्ष्मी सुनार र सुदीप सुनारको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
