समाचारशुक्रबार, आषाढ १५, २०६९
एमाओवादीसँगको सम्बन्धविच्छेद स्वाभाविक:वैद्य
इच्छुक सांस्कृतिक प्रतिष्ठानको भवन १५ असारमा शिलान्यास गदै वैद्यले एकता, सङ्घर्ष, रुपान्तरण र सम्बन्धविच्छेद मार्क्सवादी मान्यताअनुरुप मूल नेतृत्व रुपान्तरण हुन तयार नभएपछि एनेकपा (माओवादी)सँग सम्बन्धविच्छेद गरेको बताएका छन् ।
वैद्यले नेकपा-माओवादीको जन्मलाई नयाँ अध्यायको संज्ञा दिंदै कृष्णसेन इच्छुकजस्ता महान योद्धाहरुको अधुरो सपना पूरा गर्न आफूहरुले नयाँ पहलकदमी लिएको र अहिलेको राजनीतिक सङ्कटलाई निकास दिन पनि क्रान्तिकारी पार्टको जन्म अनिवार्य रहेको बताए ।
प्रतिष्ठानका उपाध्यक्ष डा. ऋषिराज बरालले प्रतिष्ठान स्थापनाको अभियानलाई यहाँसम्म ल्याइपुर्याउन अथक प्रयत्न र सङ्घर्ष गर्नुपरेको बताए । जनदिशा दैनिक र जनादेश साप्ताहिकसम्बद्ध इच्छुकलाई तत्कालीन राज्यपक्षले नियन्त्रणमा लिईसकेपछि १३ जेठ २०५९ मा यातना दिएर हत्या गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
