समाचारशनिबार, आषाढ १६, २०६९

विदेशी षडयन्त्रबाट संविधानसभा विघटन भन्नु गलत

हिमालखबर

हिमालखबरमा ‘संविधानसभा विदेशीको षडयन्त्रका कारण विघटन भएको भन्ने मधेशी मोर्चासहित प्रमुख चार दलको ठम्याई कस्तो लाग्यो ?’ भन्ने प्रश्न ६ असार साँझ पाँज बजेदेखि १६ असार माध्यान्ह १२ बजेसम्म राखिएको थियो । जनमतमा सहभागी ९०७ मध्ये ६८५ जनाले विदेशीको षडयन्त्रबाट संविधान विघटन भयो भन्ने चार दलको ठम्याईलाई बेठीक मानेका छन् ।

जनमतमा सहभागी २४ प्रतिशत अर्थात २२२ जनाले भने संविधानसभा विघटनमा विदेशी षडयन्त्रलाई कारक ठान्नु ठीक भएको मत व्यक्त गरेका छन् । ६ असारमा कांग्रेस केन्द्रीय कार्यालयमा बसेको एमाओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक मधेशी मोर्चाको संयुक्त बैठकपछि नेताहरुले संविधानसभा विघटन विदेशी षडयन्त्रका कारण भएको बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>