अर्थ/बजारशुक्रबार, आश्विन १८, २०७०
आर्थिक वृद्धि ४.५ प्रतिशत हुनेः आइएमएफ
नेपालको पछिल्लो समग्र आर्थिक अवस्थाको मूल्याङ्कनका साथै वित्तीय क्षेत्र, सार्वजनिक खर्च व्यवस्थापन, कर व्यवस्थापनलगायत सुधारका प्रयासमा भएको प्रगतिको विश्लेषण गर्न आएको आइएफएफ मिसनको टोलीले यो आर्थिक वर्षमा सरकारले प्रक्षेपण गरेभन्दा कम आर्थिक वृद्धि हुने जनाएको छ ।
“चालु आर्थिक वर्षका लागि समयमा नै बजेट सार्वजनिक भएको र बेलैमा मनसुनी वर्षा भएकाले कृषि क्षेत्रको उत्पादकत्व वृद्धि हुनेमा हामी आशावादी छाँै”, साताव्यापी भ्रमण पूरा गरी वासिङ्टन प्रस्थान गर्नुअघि आइएमएफले पत्रकार सम्मेलन गरी सो बताएको हो ।
काठमाडौंस्थित आइएमएफका वरिष्ठ आवासीय प्रतिनिधि टमस जे रिचर्डसनले अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यनले बजारमा चाप परेको र मूल्यवृद्धि बढेको उल्लेख गर्दै विप्रेषण आप्रवाहले भुक्तानी सन्तुलन कायम रहेको बताए ।
नेपाल आयल निगमले अधिक घाटा व्यहोर्नुको प्रमुख कारण पेट्रोलियम पदार्थ कोक अन्तर्राष्ट्रिय बजारभाउ अनुसार मूल्य समायोजन नहुनु हो भन्दै उनले गरिबलाई मात्र अनुदान दिनुपर्नेमा जोड दिए । धनी र गरिबका लागि एउटै मूल्य हुन नहुने उनको भनाइ थियो ।
“सुविधासम्पन्न लाखौँ लाखका गाडी चढ्नेहरूलाई पेट्रोलको मूल्य परल मोलमा बेचेर हुँदैन”, पेट्रोलको मोल धनाड्य वर्गको हितमा रहेको उनको भनाई थियो ।
घरीघरी निगमलाई ऋण दिएर समस्याका दीर्घकालीन समाधान नहुने भन्दै रिचर्डसनले पेट्रोलियम पदार्थमा बाहिरिएको विदेशी मुद्रा थेग्नै नसक्ने स्थितिमा पुगेको बताए ।
ऊर्जा विकास, सडकलगायत पूर्वाधार निर्माणमा मिसनले जोड दिएको जानकारी दिँदै वित्तीय क्षेत्र जोखिम पनि यथावत रहेकाले गम्भीर हुन पनि भएर लाग्नुपर्ने सुझाव पनि मिसनले दिएको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
