खेलकुदशनिबार, आश्विन १९, २०७०

एएफसी यु-१९ मा नेपाल तुर्कमेनिस्तानसँग पराजित

हिमालखबर

कतारमा भएको खेलमा नेपालका खेलाडी असिमजङ्ग कार्कीले पहिलो हाफको १५ औँ मिनेटमा गोल गरेर खाता खोले पनि पछिल्लो हाफमा खराब प्रदर्शनका कारण तुर्कमेनिस्तानसँग पराजित भएको अखिल नेपाल फुटबल संघले जनाएको छ ।

तुर्कमेनिस्तानी खेलाडी बेनेरोभले पेनाल्टीमार्फत खेलको दोस्रो हाफको ५८ औं मिनेटमा एक गोल फर्काउँदै खेललाई एक–एकको बराबरीमा ल्याए । नेपालका खेलाडी सुलभ मास्केले फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

तुर्कमेनिस्तानका अर्का खेलाडी कुभसुले १० खेलाडीमा सीमित रहेको नेपालको मौका छोप्दै एक गोल गरे । उनले खेलको ७९ औं मिनेटमा गरेको एक गोल नै तुर्कमेनिस्तानको लागि निर्णायक सावित बन्यो । नेपालका खेलाडी विवेकप्रताप पन्तले खेलको पहिलो हाफको ३० औं मिनेटमा दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिएपछि नेपाल १० खेलाडीमा सीमित भएको थियो ।

यो जितसँगै तुर्कमेनिस्तानले तीन अङ्क जोडेको छ ।

एसियाका ४० मुलुकलाई ९ समूहमा विभाजन गरेर खेलाइएको एएफसी यु–१९ प्रतियोगितामा नेपालको यो हारसँगै फाइनल चरणमा प्रवेशको सम्भावनामा चुनौती थपिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...