समाचारशनिबार, आषाढ १६, २०६९

अध्यक्ष खनाल र चिनियाँ नेताबीच भेटवार्ता

रासस

एमाले केन्द्रीय कार्यालय मदननगर बल्खुमा १६ असारमा भएको सो भेटमा नेपालमा उत्पन्न पछिल्लो राजनीतिक अवस्था, शान्तिप्रक्रिया, संविधान निर्माण र राष्ट्रिय सहमति निर्माणलगायतका विषयमा छलफल भएको खनालका स्वकीयसचिव रामबाबु अधिकारीले जानकारी दिए ।

भेटमा नेता पिङले नेपालमा चाँडोभन्दा चाँडो राजनीतिक दलहरुबीच सहमति भई शान्ति र संविधान निर्माणले पूर्णता पाओस् भन्ने आफूहरुको चाहना रहेको बताए । उनले राजनीतिक स्थिरता प्राप्त गरी नेपाल आर्थिक समृद्धिको दिशामा तीव्रत्तररुपमा अघि बढोस् भन्ने शुभेच्छा व्यक्त गर्दै त्यसका लागि चीन सरकार सक्दो सहयोग गर्न तत्पर रहेको जानकारी गराए ।

पार्टी स्थायी कमिटी सदस्य केपी ओली, महासचिवर् इश्वर पोखरेल, पोलिटब्युरो सदस्य केशव वडालसहित भएको भेटवार्तामा अध्यक्ष खनालले चीन र नेपाल अत्यन्त घनिष्ठ छिमेकी रहेको र दुइ देशबीच बहुआयामिक सहयोगको सम्बन्ध विकास गर्दै आइरहेको प्रति सन्तोष व्यक्त गरेका थिए । अध्यक्ष खनालले नेपाल सधैँ एक चीन नीतिको पक्षमा उभिएको र नेपालको भूमि छिमेकीकाविरुद्ध प्रयोग गर्न नदिन प्रतिबद्ध रहेको बताउनुभएको पनि उनका स्वकीयसचिव अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>