समाचारशनिबार, आषाढ १६, २०६९

कांग्रेसले सहमतिको थालनी गरेको छः कोइराला

रासस

कांग्रेस सभापति कोइरालाले राजनीतिक गतिरोध अन्त्यका लागि आफ्नो पार्टीले अत्यन्त जिम्मेवार ढङ्गले अग्रसरता लिइरहेको बताएका हुन् । महाराजगन्जस्थित कोइराला निवासमा १६ असारमा चिनियाँ उपमन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य आई पिङसहितको चिनियाँ प्रतिनिधिमण्डलसँग भेटघाटमा सभापति कोइरालाले मुलुकको संवैधानिक र राजनीतिक सङ्कट समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएको कोइरालाका प्रेस सल्लाहकार विपुल पोखरेलले जानकारी दिए ।

एनेकपा माओवादी नेतृत्वको सरकारले एकलौटीरुपमा संसद् भङ्ग गरी निर्वाचनको घोषणा गराउँदा आफूहरु आर्श्चर्यचकित भए पनि मुलुकमा उत्पन्न जटिल परिस्थितिलाई अनुकूल बनाउँदै लैजानुको विकल्प नरहेकाले काँग्रेसले एनेकपा माओवादी लगायतका दलहरुसँग संवाद थालेको कोइरालाको भनाइ थियो । भेटका अवसरमा चिनियाँ प्रतिनिधिमण्डलले नेपालको वर्तमान राजनीतिक सङ्कट, शान्ति प्रक्रिया, संविधान निर्माणमा पार्टीका बीच विद्यमान प्रमुख असहमति र आगामी निकासका बारेमा चासो राखेको थियो ।

त्यसक्रममा चिनियाँ उपविदेशमन्त्री पिङले चीनले नेपालमा शान्ति स्थायित्व र विकास चाहेको जानकारी दिँदै सबै दलहरुको सहमतिमा समस्याको समाधान गर्नुपर्ने चिनियाँ प्रतिनिधिमण्डलको धारणा रहेको बताए ।उनले नेपालका दलहरु राष्ट्रिय सहमति निर्माण गर्न सफल हुने विश्वास पनि व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>