रमझमसोमबार, आश्विन २१, २०७०

फिल्म साउथ एशिया– दृष्टिविहिनको कथा भन्ने डकुमेन्ट्री उत्कृष्ट

हिमालखबर

दक्षिण एशियाली र डायस्पोराको चर्चित डकुमेन्ट्री फिल्म उत्सव ‘फिल्म साउथ एशिया’ २० असोजमा काठमाडौंमा सम्पन्न भएको छ ।

उत्सवमा प्रतिस्पर्धा गरेका ३४ दक्षिण एशियाली डकुमेन्ट्री फिल्ममध्ये बेलायती इयान म्याकडोनाल्डले निर्देशन गरेको ‘एल्गोरिदम्स’ ले उत्कृष्ट फिल्मको उपाधिसहित रामबहादुर ट्रफी र २ हजार अमेरिकी डलर पुरस्कार हात पारेको छ । उक्त फिल्ममा भारतीय दृष्टिविहिन चेस खेलाडीको कथा छ ।

बंगलादेशको फिल्म ‘आर यु लिसनिङ’ र भारतको ‘इन्भोकिङ जस्टिस’ ले क्युएफएक्स जुरी अवार्ड पाएका छन् । उत्कृष्ट डेब्यु फिल्ममा बर्माको फिल्म ‘नम्बर ६२ पानसोडान स्ट्रिट’ भएको छ भने यसै वर्षदेखि शुरु गरिएको युनिसेफ नेपाल अवार्ड ‘चार नो म्यान्स आइल्याण्ड’ ले हात पारेको छ ।

उत्सवमा सहभागी श्रीलंकाको गृहयुद्ध र संक्रमणकालमाथि बनाइएका तीनवटा डकुमेन्ट्रीलाई श्रीलंका सरकारको आग्रहमा नेपाल सरकारले सार्वजनिक प्रदर्शनमा रोक लगाएको थियो ।

समापन समारोहमा बोल्दै जुरीमध्येका सडानन्द मेनन्ले दक्षिण एशियाली डकुमेन्ट्रीमा कथा भन्ने शैली परिष्कृत हुँदै गएको टिप्पणी गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>