Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
९० वर्षअघिको दशैं समाचार - Himalkhabar.com

ब्लगसोमबार, आश्विन २१, २०७०

९० वर्षअघिको दशैं समाचार

दीपक अर्याल

इतिहासकार योगेशराजले महारोगी सम्बन्धी एउटा अनुसन्धानमा सरकारी रेखदेखमा रहने कुष्ठरोगीहरूलाई बडादशैं र चैतेदशैं गरी सालना दुई पटक एक–एक जोर लुगा दिने चलन रहेको उल्लेख गरेका छन् । विक्रमीय १९८० को दशकमा ‘कोरीषाना’मा रहेका प्रत्येकलाई छिटको कपडा ५ गज, चोलोको कटन कपडा १ गज, चोलोको भित्री कपडा १ गज र सात गज लामो कोराको पछ्यौरा गुठीका हाकिमले बाँड्ने चलन रहेछ ।

यसबाट दशैंमा नयाँ कपडा हाल्ने चलन सरकारले पनि मान्यता दिएको देखिन्छ । त्यसैगरी दशैंमा नयाँ कपडा कित्रे, मीठो खाने सांस्कृतिक परम्पराका राजनीतिक, सामाजिक वा ऐतिहासिक कारणहरु खोतल्न त्यति सजिलो छैन । यस विषयमा गोर्खापत्रले धेरै नबोले पनि दशैं मनाउन कसरी उत्प्रेरित गरिन्थ्यो वा दशैंको समयमा तत्कालिन समाजले के गथ्र्यो भन्ने चाहिं गार्खापत्रका समाचार केलाउँदा थाहा पाइन्छ ।

१९५८ देखि १९९० सालसम्म प्रकाशित गोरखापत्रका केही अंकमा धार्मिक, सांस्कृतिक चाडपर्वका समाचार वा लेखमा खास विशेषता भेटिन्छन् ।

वि.सं. १९८७ सालसम्म गोरखापत्रले सबै खालका हिन्दू धार्मिक वा सांस्कृतिक कार्यक्रमलाई उत्तिकै महत्व दिएर समाचार बनाएको छ ।

१९८७ पछि भने गोर्खापत्र अचान फेरिन्छ र भगवती, लक्ष्मीका जिंक ब्लकबाट उत्पादित स्केचसहित बडा दशैं र तिहारका विषयमा समाचार, लेख र कविताका अतिरिक्त स्तुति पाठ समेत दिएको पाइन्छ ।

धार्मिक वा सांस्कृतिक अनुष्ठानहरूको परिचय दिने र व्याख्या गर्दै ऐतिहासिकता पुष्टि गर्न गोर्खापत्रका पानाले नेपालको धार्मिक परम्परामात्र होइन त्यससँग गाँसिएका सांस्कृतिक तथा सामाजिक सम्बन्धहरू बुझन सघाउँछ ।

द्दठ असोज १९८७ मा लेखिएको छ, ‘हाम्रा नेपालमा पनी यो दशैंको चाड धनी गरीब ठुला साना सबैले आप्mना शक्ति गच्छे अनुसार बडो श्रद्धा भक्तिसाथ मान्ने गर्दछन् । यो पर्व मात्र मनाउनाका लागी दुनिञादार गरीवहरूले छ छ महिना अघिदेखी नै पनी चाहिने खर्चवर्च, मालमत्ता, लुगा–फाटा, खाने पिने चीज वस्तुहरूको यथाशक्य जोहो गरेर पनी यस वखतमा बहुतै आनन्दपूर्वक चाड मनाउने गर्दछन् । पहिले जोगो गरी जोर्जम्बा गर्न नशकनेहरूले पनी ऋण धन गरेरै भए पनी जोर्जम्वा गरी सबै जहान भेला भै यस वखतमा खान–पिन गरी दुःख बिर्सी आनन्द मनाउने गर्दछन् ।’

यसको अर्थ आजभन्दा ८० वर्ष पहिले पनि नेपालीको दिमागमा दशैंका बेला ऋण–धन गर्ने, मिठो खाने र राम्रो लगाउने भन्ने थियो , यस्ता सन्देश कति नेपालीले पढ्थे वा त्यस अनुसारको व्यवहार गर्थे भन्ने अनुमान गर्न नसकिए पनि दशैं संस्कृति अहिलेको अवस्थामा पुग्नु सर्वथा नौलो र अनौठो भने होइन ।

दशैंकै अवसरमा मनोरञ्जनका अतिरिक्त व्यापार र कारोबार बढ्ने कुरालाई पनि गोर्खापत्रले उल्लेख गरेको छ–‘मालतालहरूका खरीद–विव्रmी सट्टपट्टा लेनदेन व्यवहार पनी हुनसम्मको हुन्छ ।’

यसले दशैंको महत्वलाई आफ्ना मान्यजनबाट टीका थाप्ने पारिवारिक जमघटका रुपमा ब्याख्या गर्दै, ‘श्री ३ महाराजका परम पवित्र प्रतापशाली बाहुलीबाट श्रीनवदुर्गजीको प्रसाद धारण गर्न र आशीर्वादादि लिन समेत पाई आफुलाई धन्य धन्य र कृतकृत्य हुन पाञिन्छ।’ भन्ने जानकारी पनि दिन्छ । यसले दरबारमा टीका प्रसाद ग्रहण गर्ने परमपराको निरन्तरताको प्रमाण दिन्छ ।

दुईवटा दशैंको तुलना गर्ने हो भने असोज कात्तिकको दशैंलाई प्रकृति तथा ऋतुसँग बढी जोडिएको छ भने चैते दशैंमा रामको गाथा गाएको भेटिन्छ । तथापी नेपालका सन्दर्भमा दशैंको विशेष महत्व छ भन्न बुझाउन गोर्खापत्रले कसर बाँकी राखेको छैन ।

हुन त गोर्खापत्रलाई मात्र हेरेर वा पढेर अहिलेको समाजले खोज्ने प्रश्नको धेरै उत्तर पाउन गाह्रो छ । तथापि गोर्खापत्रले शुरुका वर्षमा दशैंका विषयमा लेखेका सामान्य समाचार र पछिल्लो समयमा दिएको व्यापकताका कारण के थिए होलान् भनेर प्रश्न गर्ने ठाउँ भने छोडेको छ ।

हिमाल खबरपत्रिकाबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>