अर्थ/बजारमंगलबार, आश्विन २२, २०७०
तातोपानीमा चार करोड लगानीको होटल
नेपाल–चीन सीमाक्षेत्र नजिकै तातोपानीमा स्थापना भएको ‘होटल स्मल हेभेन’ मा तीन तारेसरह सुविधा रहेको होटलका निर्देशक प्रदीप खड्काले बताएका छन् ।
२० जनाको सामूहिक लगानीमा सञ्चालन गरिएको होटल यस क्षेत्रकै पहिलो सुविधासम्पन्न होटल भएको खड्काको दाबी छ । एकैपटकमा सय जनासम्म बस्न सक्ने ब्यवस्था भएको होटलमा सेमिनार हल, पार्टी तथा भोजभतेरको आयोजना गर्न विशेष हलको सुविधा समेत छ ।
निर्देशक खड्काले होटललाई ‘तीन तारे’ को वर्गीकरणमा पार्ने औपचारिक प्रकृया शुरु भइसकेको बताए । तातोपानी क्षेत्रको भ्रमण तथा किनमेलका लागि आउने र मानसरोवरका यात्रुका लागि लक्षित होटलमा स्वदेशीका साथै विदेशी खाना पनि उपलब्ध हुनेछ ।
चितवनको सौराहामा ‘होटल नेचर सफारी क्याम्प’ सञ्चालन गर्दै आएको यो समूहले रु. ५ करोड लगानीमा पोखरामा पनि ‘कन्ट्री होटल’ स्थापनाको तयारी थालेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
