रमझममंगलबार, कार्तिक ५, २०७०

अध्ययनमा खुशी

हिमालखबर

सुनैनासुनैनाले बाल्यकालको धेरै समय देश बाहिर बिताइन् । कक्षा १२ सम्म अजमेर (भारत) को मेयो कलेज गल्र्स स्कूल पढेकी उनले गत वर्ष मुम्बईको सेन्ट जेभियर्स कलेजबाट मास मिडियामा स्नातक गरिन् ।

स्कूले जीवनमा हक्की खेलको स्टार रहेकी सुनैनाले राष्ट्रियस्तरको इन्डियन पब्लिक स्कूल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । यसरी खेलकूद छात्रवृत्ति समेत पाएकी उनले कलेजपछि चर्चित फेशन म्यागजिन ऐल को मुम्बई अफिसमा काम गरिन् । त्यसपछि देश फर्केकी उनी मिडिया मार्केटिङ र फेशनको दुनियाँमा सक्रिय छिन् । उनका लागि मिडिया मार्केटिङ तत्काललाई पेशा हो भने फेशन समाजसेवा ।

मुम्बईबाट काठमाडौं आएलगत्तै बहुराष्ट्रिय विज्ञापन एजेन्सी जे.डब्लु. थमसनको थमसन नेपालमा काम थालेकी सुनैना मिडिया कन्सल्टेन्सीसँगै च्यारिटी फेशन शोहरूमा सहभागी हुन्छिन् । काठमाडौंस्थित भारतीय महिलाहरूको संस्था भारतीय महिला संघले सामाजिक सेवाका निम्ति गत साता गरेको ‘च्यारिटी बजार’ नामक कार्यक्रममा उनी दक्षिण एशियाका परम्परागत पहिरनहरूमा प्रस्तुत भइन् ।

हँसिली सुनैनाका लागि अहिलेलाई पुस्तकहरू खुशीको स्रोत हुन् । किताब पढ्दा उनलाई सबभन्दा आनन्द लाग्छ । विश्व भ्रमण उनको अर्को ठूलो चाहना हो । “त्यसपछिको खुशीको लागि म स्वदेशमा त्यस्ता कामहरू गर्न चाहन्छु, जसले देशको चौहद्दी पार गरोस्”, सुनैना भन्छिन् ।
–तृष्णा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>